काठमाडौंमा तीब्र रुपमा कोरोना बढेपछि गगनसहितका सांसदहरूलाई निद्रा लागेन
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरसको संक्रमण तीब्र रुपमा बढिरहेका बेला गगन थापासहितका प्रतिनिधि सभाका सांसदहरूले सरकारलाई राय सुझाव दिनका लागि संसदस्य समिति बनाउन माग गरेका छन् ।
नेपाली कांग्रेसका सांसद एवम् कार्यक्रम संयोजक भीमसेनदास प्रधान नेतृत्वमा संसद सचिवालय पुगेका काठमाडौंका सांसदहरूले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर संसदीय समिति बनाउन माग गरेका हुन् ।
काठमाडौंका २० जना सांसदले कोरोनाभाइरस महामारीको अवस्था र प्रभाव अनुगमन गरी सरकारलाई राय सुझावदिन संसदीय समिति गठन गर्न सभामुखको ध्यानाकर्षण गराएका छन् ।
कांग्रेस र नेकपाका सांसदहरूले कोभिड १९ को कारणले दैनिक ज्यालादारी मजदुर, उद्योग धन्दा, शैक्षिक संस्था तथा सर्वसाधारणमा परेको असरको अनुगमन गर्ने गरी संसदीय समिति गठन गर्न उपयुक्त हुने बताएका छन् ।
समिमितले कोरोना नियन्त्रण तथा रोकथाममा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहितको समस्या र तिनको व्यवस्थापनमा देखिएका बेथितीको अनुगमन गरी सरकारलाई राय सुझाव दिने सांसदहरूको भनाइ छ ।
सांसदहरूले आर्थिक वर्ष २०७६–७७ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा विनियोजित बाँकी रकम र आर्थिक वर्ष ०७७–०७८ को रकम मध्येबाट प्रत्येक निर्वाचन क्षेत्रमा आइसोलेसन वार्ड बनाउने प्रस्ताव पनि गरेका छन् ।
काठमाडौंबाट प्रत्यक्ष र समानुपतिक गरी २० जना सांसदले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्छन् ।
नेकपाका माधवकुमार नेपाल, शशि श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, जीवनराम श्रेष्ठ, कृष्ण राई, विन्दा पाण्डे, रामकुमारी झाँक्री, सरिता न्यौपाने, विना श्रेष्ठ, अञ्जना विशंखे, मायादेवी न्यौपाने, मुकुन्द न्यौपाने र सुजिता शाक्य रहेका छन् ।
नेपाली कांग्रेसका प्रकाशमान सिंह, गगन थापा, राजेन्द्र केसी, दीव्यमणि राजभण्डारी र भीमसेनदास प्रधान रहेका छन् । जनता समाजवादी पार्टीका सांसद राजेन्द्र श्रेष्ठ र रेनुका गुरुङ पनि रहेका छन् ।
सांसदहरूले सरकारले कोरोना रोकथाममा काम गर्न नसकेको आरोप समेत लगाएका छन् । संसदीय समिति बनाएर कोरोना रोकथाम र नियन्त्रणमा दवाव दिन कांग्रेस, नेकपा र जसपाका सांसदहरूले पहल गरेका हुन् । संसदीय समिति बन्यो भने कम्युनिस्ट सरकारलाई तनाब हुनेछ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया