चागुनारायणमा तरुण अध्यक्ष थापाद्वारा प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

भक्तपुर । भक्तपुरमा नेपाल तरुण दल चागुनारायणका अध्यक्ष गोविन्द थापाले स्थानीय प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।

कोरोनाभाइरसको संक्रमणका बेला जोखिम मोलेर जनताको सेवा गर्दै आएका प्रहरीलाई तरुण अध्यक्ष थापाले मास्क र पीपीई हस्तान्तरण गरेका हुन् ।

प्रहरीले कोरोना महामारीका बेला सुरक्षा दिँदै आएका छन् । उनीहरूको सुरक्षाको चिन्ता जनाएका थापाले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

भक्तपुरमा पनि कोरोनाको महामारी तीब्र रुपमा फैलिरहेको छ । पछिल्लो समय सुरक्षाकर्मीमा कोरोनाको जेखिम देखिएको छ ।

Published : Thursday, 2020 September 10, 9:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया