अवैध उत्खनन् गर्ने ११ वटा सवारी साधन नियन्त्रण

नुवाकोट । प्रहरीले नुवाकोट जिल्लामा नदीजन्य पदार्थ अबैध रुपमा उत्खनन् गरेको अभियोगमा ११ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

बेलकोट गढी नगरपालिका–२ चाउथे दोभानस्थित चाउथे खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ (बालुवा) उत्खनन् कार्यमा संलग्न १ स्काईभेटर, ७ टिपर र ३ आईचर गरी ११ वटा सवारी साधनलाई बुधबार साँझ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

स्काईभेटरको प्रयोग गरी अवैध रुपमा बालुवा उत्खनन् कार्य भएको छभन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी कुँवरीबाट खटिएको प्रहरीले ती सवारी साधनहरूलाई नियन्त्रणमा लिएको थियो ।

Published : Thursday, 2020 September 10, 11:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया