फागुनमा कांग्रेसको महाधिवेशन हुन सक्दैन, उपयुक्त निर्णय गरौँः सिटौला
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाएर १४औँ महाधिवेशनका बारेमा जीवन्त निर्णय गर्न प्रस्ताव गरेका छन् ।
बुधबार वीपी कोइरालाको १०७औँ जन्म जयन्तीका अबसरमा आयोजित जुम अन्तरक्रियालाई सम्बोधन गर्दै सिटौलाले फागुनमा कुनै पनि हालतमा महाधिवेशन हुन नसक्ने बताए । उनले फागुनपछि महाधिवेशन गर्ने विषयमा निर्णय गर्नुपर्ने बताए ।
‘जो नेतृत्वमा आउला । हामी सबै एक ठाउँमा बसेर समीक्षा गर्ने बेला आएको छ’, उनले भने, ‘कम्युनिस्टको सत्ता र सरकार छ । कम्युनिस्टका नेता, केही कार्यकर्ता र वरिपरि रहेकाहरूको दुनो सोझ्याउने बाहेक केही गरेको छैन ।’
उनले भने, ‘विदेशमा रहेका नेपालीहरूको उद्धार गर्न सकेको छैन । पीसीआर परीक्षणको दायर बढाउन कसेको छैन । उपचारमा सरकार पूरै उदासिन छ । किसानलाई मल बीउ छैन । श्रमिकहरूको जीवनमा कष्ट देखिएको छ ।’
‘सरकारले सरकारी निकायहरू कब्जा गरेर राखेको छ । प्रहरी प्रशासनमा राजनीतिक हस्तक्षेप छ’, सिटौलाले भने, ‘न्यायालयलाई पनि हस्तक्षेप गर्ने प्रयास पनि भएका छन् । यो सरकारले निर्वाचन निष्पक्ष हुन दिने छैन ।’
‘सरकारको लापरबाहीको कुरालाई लिएर जनता समक्ष जानुपर्छ । एकलै आन्दोलन गर्न सकिदैन’, उनले भने, ‘हामी मिलेर जानुपर्छ । अन्तर्राष्ट्रिय सम्बन्ध बिगारेको छ । अबको आन्दोलन भनेको कम्युनिस्ट सरकारको बेथितिविरुद्ध हुनेछ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया