कास्की कांग्रेसद्वारा बाढीपहिरो प्रभावित ३० परिवारलाई सहयोग
पोखरा । नेपाली कांग्रेस कास्कीले वीपी कोइरालाको १०७औं जन्म जयन्तीका अवसरमा बाढीपहिरो प्रभावितलाई आर्थिक सहयोग गरेको छ ।
बुधबार पार्टीका पूर्वमहामन्त्री तारानाथ रानाभाट, नेता शुक्रराज शर्मा, कास्की कांग्रेसका सभापति कृष्ण केसी, नेता सोभियतबहादुर अधिकारी, प्रदेशसभा सदस्य विन्दुकुमार थापा, कांग्रेस पोखरा महानगर सभापति बजिरमान श्रेष्ठ र पोखरा ४ का वडाध्यक्ष शंकर बास्तोलाले पोखराको वीपी चोकस्थित वीपीको शालिकमा माल्यार्पण गरी कार्यक्रम गरेका छन् ।
नेता शुक्रराज शर्माले वीपीका सिद्वान्तलाई सबै दल र नेताहरुले पछ्याइरहेको उल्लेख गरेका छन् । कास्की कांग्रेसका सभापति कृष्ण केसीले बाढीपहिरो प्रभावित परिवारको साथ रहेर वीपी जयन्ती मनाइएको बताए ।
कास्की कांग्रेसले कास्कीका बाढीपहिरो प्रभावित ३० परिवारलाई आर्थिक सहयोग गरेको सभापति केसीले बताए ।
हेमजा, सराङकोट, कास्कीकोट, पोखरा २६, २७, लाहाचोक, मादी ८ रवैडाँडा, पोखरा ११ काहुँ, पोखरा २८ सौर्य र ल्वाङका बाढीपहिरो प्रभावित परिवारलाई आर्थिक सहयोग गरिएको हो ।
कास्की कांग्रेसले पोखरा २७ अर्घाैचोकस्थित घरेलुचौरमा आयोजना गरेको कार्यक्रममा कास्की कांग्रेसका पूर्वसभापति एवम् पूर्वमन्त्री यज्ञबहादुर थापाले आर्थिक सहयोग हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा पूर्वसभापति थापाले जनताका सुःख र दुःखमा कांग्रेस सदैवसँगै रहेको बताए ।
कास्की कांग्रेसका सचिव सुदीपमोहन भट्टराई र देवेन्द्र रानाभाटले संस्थापक कोइरालाको बहुआयामिक व्यक्तित्वको चर्चा गरेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया