सूर्यप्रसादका आफन्तद्वारा ओखलढुंगा कांग्रेसलाई भवन बनाउन सहयोग

ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाको भवन निर्माणका लागि श्रेष्ठ परिवारहरूले एक लाख एक हजार एक सय एक एक रुपियाँ रुपियाँ सहयोग गरेका छन् ।

ओखलढुंगामा वीपी स्मृति भवन बन्ने क्रम जारी छ । ओखलढुंगाका श्रेष्ठ परिवारहरूले आफ्नो स्वर्गीय बाजे सूर्यबहादुर श्रेष्ठको नाममा आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।

सूर्यबहादुर श्रेष्ठ राणा शासनबिरुद्धको बिक्रम संवत २००७ सालको सशस्त्र क्रान्तिमा कहलिएका मुक्तिसेनाका लडाकु कमाण्डर थिए ।

दोश्रो विश्व युद्धताका ब्रिटिश इण्डियन आर्मीमा कार्यरत श्रेष्ठ विश्वयुद्धपछि नेपाल फर्किएर मुक्तिसेनामा आबद्ध भएका थिए ।

छोरा होमबहादुर श्रेष्ठका अनुसार सूर्यबहादुर श्रेष्ठ इण्डियाबाट फर्किएपछि सामान्य पारिवारिक जीवन बिताइरहेका थिए ।

तिहारमा चाड मनाइरहेका स्थानीय नेवार समुदायमाथि तत्कालीन राणा बडाहाकिम लालध्वज राणाले आफै रात्रि गस्तीमा निस्किएको बेला जसलाई भेट्यो उसलाई समात्दै पिट्न थालेपछि श्रेष्ठले बडाहाकिमलाई लात्तीले हानेर लडाएपछि उनको ब्यापक खोजी भएको थियो ।

उनी भागेर इण्डिया पुगेका थिए । पछि फर्किएर मुक्तिसेनामा संलग्न भएर ओखलढुंगा कब्जा गर्ने राणा बिरोधी लडाइँमा नेतृत्वदायी भूमिकामा रहेका थिए ।

बिक्रम संवत २००७ सालको मंसिरमा ओखलढुंगा कब्जा गरेपछि त्यसको सुरक्षा गर्दै प्रशासन चलाइएको थियो । त्यस बेला काठमाडौंबाट थप मद्धतमा गएको राणा फौजले पुस ३ गते ओखलढुंगा कब्जा गरी उनलाई बन्दी बनाएइएको थियो ।

सम्पूर्ण सम्पति जफत गरी सर्वस्वहरणसहित मार्ने निर्णय गर्दै थ्री नट थ्री राइफलको कुन्दाले हिर्काएर बेहोश भनाइएको थियो । सूर्यप्रसाद श्रेष्ठलाई ‘अब त मर्‍यो होला’ भनि बाँसको झ्यांगमा फालिएको थियो । राति हिड्ने हुलाकीले मुर्छित अबस्थामा ‘हँ हँ हँ’ आवाज सुनेपछि उद्धार गरिएको थियो ।

सूर्यप्रसाद श्रेष्ठलाई प्रशासनको आँखा छलेर घरेलु उपचार गरि बचाइएको थियो । घटनाको ३८ वर्षपछि उनको विक्रम संवत २०४५ सालमा निधन भएको थियो ।

सूर्यप्रसाद श्रेष्ठका सन्तानहरूले वीपी स्मृति भवन निर्माणार्थ सहयोग गरिएको कान्छो नाती केन्द्र श्रेष्ठले बताए । आफ्नै बाजेले आस्था राखेर रगत बगाएको पार्टी नेपाली कांग्रेसले ०७ सालको क्रान्तिमा वीपी कोइरालाको आब्हानमा लडेका थिए ।

वीपी स्मृति भवन निर्माणमा ओखलढुंगा कांग्रेसलाई आर्थिक सहयोग गरिएको अर्का नाती शिवजी श्रेष्ठले बताए । सहयोग रकममा उनका छोरा–बुहारी होमबहादुर श्रेष्ठ र प्रेमकुमारी श्रेष्ठले आफूले पाएको बृद्धभत्ता रकममा नाती–बुहारीहरू तथा नातिनी–ज्वाइँहरूको योगदान रहेको कुरा नातिनी बिनिता श्रेष्ठ एसीले बताइन् ।

वीपी स्मृति भवन निर्माणमा ठूलो सहयोग पुग्ने नेविसंघका जिल्ला अध्यक्ष एवम् सिद्धिचरण नगरपालिकाका वडाध्यक्ष विनोद केसीले बताए । श्रेष्ठ परिवारले आफ्ना बाजे–बजै र बुवा–आमाको नाममा ओखलढुंगा जिल्लामा कोरोना प्रकोपमा लकडाउन भएका बखत राहत बाड्नेदेखि ई–लाइब्रेरी स्थापना, गुम्बा, मन्दिर स्थापनामा सहयोग लगायतका बिभिन्न सामाजिक कार्यहरू गर्दै आएका छन् ।

Published : Wednesday, 2020 September 9, 11:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया