चीनद्वारा भारतको सिंगै अरुणाचल प्रदेशमा दाबी
बेइजिङ । चीन–भारतबीच सीमा विवाद भइरहेका बेला चीनले अरुणाचल प्रदेशमा दाबी गरेको छ । चीनको यो दाबीले नयाँदिल्लीलाई तनाब बढाइदिएको छ ।
भारतको अरुणाचल प्रवेश आफ्नो भूमि भएको दाबी चीनले गरेको हो । भारतले चीनको दाबीलाई खारेज गर्दै आएको छ ।
अरुणाचल प्रदेशसँग जोडिएको सीमामा चिनियाँ सेनाद्वारा ५ भारतीयलाई अपहरण गरिएको विषयमा केन्द्रीय मन्त्री किरण रिजिजूद्वारा उठाइएको प्रश्नको जवाफ दिँदै चीनले उक्त प्रदेश आफ्नो भूमि भएको दोहोर्याएको हो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले चीनले कहिल्यै पनि अरुणाचल प्रदेशलाई मान्यता नदिने बताएका छन् । अरुणाचल प्रदेश दक्षिणी तिब्बतको भूमि भएको उनले जनाएका हुन् ।
चीनको सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार प्रवक्ता लिजियानले अरुणाचल क्षेत्रमा ५ भारतीय नागरिक बेपत्ता भएको भन्नेबारे भारतीय सेनाबाट उठेको प्रश्नमा कुनै जानकारी नभएको बताएका छन् ।
भारतीय सेनाले अरुणाचल प्रदेशको सुबनसिरी जिल्लाबाट ५ जनालाई चिनियाँ सेनाले अपहरण गरेको आरोप लगाएको छ ।
केन्द्रीय मन्त्री रिजिजूले अपहरणका विषयमा भारतीय सेना चीनको जवाफको प्रतिक्षामा रहेको बताएका छन् ।
‘भारतीय सेनाले जनमुक्ति सेनाका समकक्षीलाई सन्देश पठाएका छन्’, उनले भने, ‘जवाफको प्रतिक्षा भइरहेको छ ।’
लद्दाख सीमामा भारतीय र चिनियाँ सैनिकबीच भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।
सीमाका विषयमा भारत र चीनबीच विवाद हुँदै आएको छ । दुबै देशका सैनिकबीच बेलाबेला धकेलाधकेल हुने गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया