कुलमान घिसिङको ‘भाग्य चम्किने’, मन्त्रीसँग कुरा मिल्याे
काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई दोहोर्याउने निष्कर्षमा पुगेका छन् ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको पुनर्नियुक्तिको लागि मन्त्री पुनले तयारी गरेका हुन् । पुनले बिहीबार बस्ने मन्त्रिपरिषदको बैठकमा घिसिङलाई
पुनर्नियुक्तिका लागि प्रस्ताव लैजाने तयारी गरेका छन् । घिसिङलाई कार्यकारी निर्देशकमा दोहोर्याउने विषयमा मन्त्री पुनले प्रधानमन्त्री खड्गप्रसाद ओली र नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’सँग सोमबार बिहान परामर्श गरिसकेको मन्त्री पुनको निजी सचिवालयले जनाएको छ ।
ओली र दाहालसँग भेट गरेपछि मन्त्री पुन सोमबार गृहजिल्ला रोल्पा गएका छन् । उनी बुधबार काठमाडौं फर्किनेछन् ।
प्राधिकरणको कार्यकारी निर्देशक घिसिङलाई दोहोर्याउने विषयमा प्रधानमन्त्री ओली सकारात्मक नरहेको उच्च स्रोतले जनाएको छ ।
घिसिङको चार वर्षीय कार्यकाल भदौ २९ गते जाँदै छ । घिसिङले नेपाललाई लोडसेडिङमुक्त बनाएको भन्दै प्रशंसा हुँदै आएको छ ।
घिसिङले नेपालमा ठूला जलविद्युतका संरचना बनाउन सकेका छैनन् । उनले भारतसँग महँगोमा बिजुली किनेर ल्याएर लोडसेडिङ अन्त्य गरेको आरोप पनि छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया