कोरोनाबाट एघारको मृत्यु, सोमबार काठमाडौंमा ३२६ संक्रमित, १७३६ निको

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको जनाएको छ ।

मन्त्रालयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले ११ जनाको मृत्यु भएको बताए । उनले १ हजार ७ सय ३६ जना कोरोनाभाइरसको संक्रमणबाट निको भई डिस्चार्ज भएको जानकारी दिए ।

प्रवक्ता डा.गौतमले ३३८ महिला र ६४१ पुरुष गरि ९७९ जनामा कोरोनो संक्रमण पोजेटिभ भेटिएको बताए । काठमाडौं उपत्यकामा ३२६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

डा.गौतमले उदयपुरमा १, झापामा १६, पाँचथरमा ६, भोजपुरमा १, मोरङमा ३९, सुनसरीमा ६५, सोलुखुम्बुमा १ जनामा कोरोना देखिएको छ ।

धनुषामा ४४, महोत्तरीमा ३, सप्तरीमा १९, सर्लाहीमा २०, सर्लाहीमा ४१ जनामा कोरोना भेटिएको छ ।

काठमाडौंमा २९३, काभ्रेमा २८, चितवनमा १९,दोलखामा ३, धादिङमा ४, भक्तपुरमा १३, मकवानपुरमा ७३, ललितपुरमा २०, सिन्धुपाल्चोकमा २०, सिन्धुलीमा १ जनामा कोरोना पोजेटिभ भेटिएको छ ।

कास्कीमा ३०, गोरखामा १८, तनहुँमा ६, नवलपरासी पूर्वमा १६, पर्वतमा १, लमजुङमा १५ जनामा कोरोना देखिएको छ ।

कपिलवस्तुमा २, गुल्मीमा ८, नवलपरासीमा २, पाल्पामा ५, प्यूठानमा १, बर्दियामा ४१, बाँकेमा ४२, रुपन्देहीमा ४१ जनामा कोरोना पोजेटिभ भटिएको छ ।

कालीकोटमा २, जाजरकोटमा १, जुम्लामा १, दैलेखमा ३, सुर्खेतमा १९ जनामा कोरोना पोजेटिभ भेटिएको छ ।

प्रवक्ता डा.गौतमले कञ्चनपुरमा ७, कैलालीमा ३, बझाङमा १ र बाजुरामा १ जनामा कोरोना पोजेटिभ देखिएको बताएका छन् ।

Published : Monday, 2020 September 7, 7:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया