वीपीको नाममा कास्की कांग्रेसको ‘बोल्ड’ निर्णय
पोखरा । नेपाली कांग्रेस कास्कीले स्व.वीपी कोइरालाको १०७औं जन्म जयन्ती विभिन्न कार्यक्रम गरि मनाउने निर्णय गरेको छ ।
सोमबार पोखरामा बसेको कास्की कांग्रेसका पदाधिकारी, क्षेत्रीय सभापति र नगरसभापतिहरूको बैठकले वीपीको जन्म जयन्तीका अवसरमा बाढीपहिरोमा मृत्यु भएकाको परिवारलाई सहयोग गरेर मनाउने निर्णय गरेको हो ।
पीडित परिवारको निवासमा पुगेर कांग्रेसका नेताहरूले सहयोग हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको सभापति कृष्ण केसीले जानकारी दिएका छन् ।
कांग्रेसले जय नेपाल मिनी मार्केटमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई घर भाडामा छुट दिने निर्णय पनि गरेको सभापति केसीले बताएका छन् ।
आर्थिक संकटका बेला व्यवसायीलाई राहत पुगोस् भन्ने उद्देश्यले मार्केटभित्रका १४ वटा सटरलाई वैशाख र जेठ महिनाकको भाडा छुट दिने निर्णय कांग्रेसले गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया