कांग्रेस नेता खतिवडासहित १८० जनाको रिपोर्ट नेगेटिभ, स्वाब बोकेको गाडीले ज्यान लियो
ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडासहित मानेभञ्ज्याङका १८० जनाको नमूना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकामा नेपाल प्रहरीका ४ र १ जना महिला स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि कन्ट्याक ट्रेसिङका क्रममा खतिवडासहित १८० जनाको स्वाब संकलन गरे परीक्षण गरिएको थियो ।
सुनकोशी गाउँपालिकाका ४ जनाको पनि स्वाब संकलन गरेर नमूना परीक्षण गरिएको थियो ।
कांग्रेस नेता खतिवडाले मानेभञ्ज्याङसहित जिल्लाबासीहरूलाई सचेत र सुरक्षित भएर बस्न अनुरोध गरेका छन् । ‘मसहित १८० जनाको नमूना परीक्षण गरेका थियौँ’, उनले भने, ‘सबैको कोरोना नेगेटिभ आएको छ ।’
यसैबीच, ओखलढुंगाबाट ५० जनाको स्वाब बोकेको गाडी दुर्घटनामा परेको छ ।
गाडी अनियन्त्रित भइ बाटो हिड्दै गरेका व्यक्तिलाई ठक्कर दिएको छ । ठक्करबाट बाटो हिँड्दै गरेका व्यक्तिको मृत्यु भएको छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ ।
स्वाब संकलन गरेर प्रयोगशालामा पठाउन समस्या भएको भन्दै कांग्रेस नेता खतिवडाले ओखलढुंगालाई एउटा गाडी उपलब्ध गराउन माग गरेका छन् ।
उनले भनेका छन्, ‘ओखलढुंगामा संकलन गरिएको स्वाब प्रयोगशालामा पठाउन समस्या भएको छ । एउटा गाडी उपलब्ध गराइदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग मेरो अनुरोध छ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया