भूमि सुधार मन्त्रीका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

पुतलीबजार । स्याङ्जा जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरि दुई दर्जन बढी युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

पुतलीबजार नगरपालिका–६ टक्सारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा परित्याग गरि पूर्व एमालेबाट निर्वाचित पूर्व वडासदस्य कमलबहादुर सुनार, पदमबहादुर बोहरा, टक्सार सेवा समाजका उपाध्यक्ष बौद्धिक ब्यक्तित्व तेजभक्त पौडेल लगायत २० जना युवाहरूले कांग्रेस प्रवेस गरेको नेविसंघ स्याङ्जा अध्यक्ष अजित क्षेत्रीले बताए ।

नेपाली कांग्रेसको पुतलीबजार नगरपालिका–६ का सभापति एवम् वडाध्यक्ष कृष्णबहादुर कार्कीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

नेकपा छाडेका नेता तथा कार्यकर्तालाई पूर्वसांसद राजु थापाले पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रममा कांग्रेस नेताहरू तुलसीराम रेग्मी, बुद्धिमान शाही, ईश्वर खाँण, भरत लम्साल, कुमबहादुर गुरुङ, राजकुमार केसी, ईश्वर सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

स्याङजा भूमि सुधारमन्त्री पदमा अर्यालको गृहजिल्ला पर्छ । मन्त्री अर्यालले जिल्लाका लागि काम गर्न नसेको भन्दै उनीहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।

Published : Saturday, 2020 September 5, 10:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया