अर्को जुनीमा ठूलो जातको कोखमा जन्म लिनु, ठकुरीकि छोरीलाई माया गर्दा मर्नुपर्योः गायिका विसी
काठमाडौं । लोक तथा दोहोरी गायिका पूर्णकला विसीले रुकुम पश्चिम जिल्लामा भएको अन्तर जातीय प्रेमपछि भएको हत्या प्रकरणमा चिन्ता जनाएकी छिन् ।
गायिका बिसीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर हत्या गरिएका नवराज विकलाई अर्को जुनीमा ठूलो जात बनेर जन्म लिनु दुःख जनाएकी छिन् । उनले रुकुम पश्चिममा अन्तरजातीय प्रेम विवाहको घटनालाई भएर हत्याप्रति चिन्ता जनाएकी हुन् ।
‘भाई अर्को जुनीमा ठूलो जातको कोखमा जन्म लिनु है’, गायिका विसीले भनेकी छिन्, ‘सानो जात भएर खाउँखाउँ लाउँलाउँ भन्ने यो फूल जस्तो कलिलो उमेरमा ठकुरीकि छोरीसँग माया गरे बापतको पुरस्कार मृत्युवरण पायौं ।’
प्रेमिकालाई लिन साथीहरूसँग जाजरकोटबाट रुकुम पश्चिम पुगेका बेला नेकपाबाट निर्वाचित वडाध्यक्ष डम्बरबहादुर मल्ल, प्रेमिकाका बुबा वीरबहादुर मल्ल र आमा प्रकाशी मल्लसहितका गाउँले लटेर हत्या गरेको आरोप छ ।
हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले प्रेमिकाका आमाबुबा, वडाध्यक्षसहितका १२ जनालाई पक्राउ गरेको छ ।
नवराज बिकसहित तीन जनाको शव भेटिएको छ । तीन जना बेपत्ता भएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया