पर्सामा १७ जना कोरोना भाइरसको संक्रमणबाट निको
वीरगञ्ज । पर्सा जिल्लामा कोराना भाइरसको संक्रमित १७ जना निको भएका छन् ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत १७ जना कोरोना मुक्त भएपछि डिस्चार्ज गर्ने तयारी गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले बताएका छन् ।
१७ जनामध्ये पुरुष १० जना र महिला ७ जना छन् । उनीहरू सबै पर्साका हुन् । पर्सामा १७ जना कोरोनाबाट निको भएपछि यसको संख्या १ सय ४ पुगेको छ ।
शनिबार मात्र नारायणी अस्पतालबाटै ९ जना र रुपन्देहीको कोरोना अस्पतालबाट १० जना निको भएका थिए ।
आइतबार १७ जना निको हुँदा २४ जना संक्रमित थपिएका छन् । आइतबार नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८ पुगेको छ ।
Published : Sunday, 2020 May 24, 10:30 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया