उकालो चढ्यो कोरोना, आइतबार साँझ तीन जना संक्रमित फेला
काठमाडौं । आइतबार साँझ तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नोलमा संक्रमितको संख्या २ सय ९५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार धनुकटा र विराटनगरमा तीन जना संक्रमित फेला परेका हुन् ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि भएको संख्या तीन पुगेको विज्ञप्तिमा उल्लेख छ ।
धनकुटा जिल्ला निवासी ३४ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ । विराटनगर निवासी २९ वर्षीया महिला र ३६ वर्षीय पुरुषमा पनि आइतबार साँझ कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरू तीनै जनाको स्वास्६य सामान्य रहेको छ ।
Published : Sunday, 2020 May 17, 8:26 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया