दिल्लीको तबलिगीबाट आएका तीन मुस्लिमलाई कोरोना पुष्टि
वीरगञ्ज । बारा र पर्सा जिल्लामा तीन जनामा कोरोना भाइरसके संक्रमणको पुष्टि भएको छ । बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनामा पोजेटिभ आएको हो ।
तीन जना यसअघि भारतको दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए । आइतबार वीरगञ्जका दुईजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनीहरूमध्ये वीरगञ्ज एक त्यही धार्मिक सभामा सहभागी भएका थिए । उनीहरूको प्रत्यक्ष सम्पर्कमा रहेकाहरूको खोजी गरेर ९४ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो ।
उनीहरूमध्ये तीन जनाको रिपोर्ट पोजेभिट आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । जसमा १६ जना निको भएका छन् ।
Published : Wednesday, 2020 April 29, 11:33 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया