अपहरणको जाहेरी दर्ता नभएपछि राँके जुलुस प्रदर्शन
जनकपुरधाम । नेपाल प्रहरी र सरकारी वकिलको कार्यालयले सांसद अपहरणको मुद्धा दर्ता गर्न नमानेको विरोधमा जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताले महोत्तरी जिल्लामा प्रदर्शन गरेका छन् ।
अपहरणमा परेको भनिएका प्रतिनिधि सभाका सांसद डा.सुरेन्द्र यादवको जाहेरी लिन नमानेको विरोधमा जसपाका नेता तथा कार्यकर्ताले मंगलबार साँझ राँके जुलुस प्रदर्शन गरेका हुन् ।
सम्सी गाउँपालिकामा जनता सामाजवादी पार्टीका महोत्तरी कार्यकर्ताले सम्सी बजारमा राँके जुलुश प्रदर्शन गरेका छन् ।
सांसद डा.यादवलाई प्रधानमन्त्री खड्गप्रसाद ओलीको निर्देशनमा पूर्वआइजीपी सर्वेन्द्र खनाल, नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठले अपहरण गरेको आरोप जसपाले लगाउँदै आएको छ ।
प्रहरी र सरकारी वकिलको कार्यालय काठमाडौंले अपहरणको जाहेरी लिन नमानेपछि जसपा नेपाल रिसाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया