कोरोना रोकथाममा मोदीको कार्यको विल गेट्सद्वारा प्रशंसा

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गेट्स फाउन्डेसनका अध्यक्ष बिल गेट्सले प्रंशसा गरेका छन् ।

माईक्रोसफ्टसका संस्थापक समेत रहेका गेट्सले मोदीलाई पत्र लेखेर कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि चालेको कदमहरूको सराहना गरेका हुन् ।

मोदीले महामारी नियन्त्रण तथा रोकथाममा अपनाएको रणनीतिहरूलाई गेट्सलाई अति उत्तम भनेका छन् ।

भारतमा गरिएको लकडाउन, पकेट एरियाको पहिचान गरी गरिएको टेस्टिंग तथा क्वारेन्टाईनलाई गेट्सले उपयुक्त उपाय रहेको बताएका छन् ।

विट्सले भारतले डिजिटल क्षमताको प्रयोग गरेर कन्ट्याक्ट ट्रेसिङको उपाय अपनाएको भन्दै भारतीय प्रधानमन्त्री मोदीका प्रंशसा गरेका हुन् ।

भारतले स्वास्थ्य क्षेत्रमा अनुसन्धान एवम् आविष्कारकामा बजेट बढाएकोमा पनि गेटसले प्रशंसनीय कार्य भनेर पत्रमा उल्लेख गरेका छन् ।

Published : Friday, 2020 April 24, 8:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया