कपिलवस्तु जिल्ला प्रवेशमा रोक, चारनम्बरबाट थुप्रै सर्वसाधारणको उद्धार

वाणगंगा । कपिलवस्तु जिल्लाको चारनम्बर चोकमा बाहिरी जिल्लाबाट पैदल आएका यात्रुहरूको भिडभाड बढ्न थालेपछि स्थानीयहरूले चिन्ता जनाएका छन् ।

कोरोना भाइरसको संक्रमणका कारण लकडाउन भएका बेला सर्वसाधारणहरू पैदल आउँदा जोखिम हुनेभन्दै वाणगंगा नगरपालिकाका स्थानीयले ती यात्रुहरूलाई उचित व्यवस्थापन गर्न सरोकारवाला निकायसँग माग गरेका छन् ।

बिहीबार साँझ ५०–६० जना पैदल यात्रुलाई स्थानीयहरूले गाडी रोकेर गन्त्यतिर पठाइदिएका छन् । सो कार्यमा स्थानीय प्रहरीले पनि सहयोग गरेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद अतहरकमाल मुसलमानले जानकारी दिए ।

लडकडाउनका कारण विभिन्न जिल्लाबाट हिँडेर आएका सर्वसाधारणलाई खाली ट्रकहरूमा चढाएर गन्तव्यतिर पठाएको कांग्रेस केन्द्रीय सदस्य मुसलमानले बताए ।

चारनम्बर चोकमा अलपत्र परेका मजदुरलाई के गर्ने भन्ने विषयमा पनि कपिलवस्तुको स्थानीय प्रशासनले ध्यान दिएको छैन ।

चारनम्बर चोकमा जम्मा भएका सर्वसाधारणकालाई के गर्ने भनेर नेपाली कांग्रेसका केन्द्रीय सदस्य मुसलमानले प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेललाई व्यवस्थापन गर्न आग्रह गरेका थिए । प्रमुख जिल्ला अधिकारीले गोलमटोल जवाफ दिएपछि मुसलमानसहितका स्थानीयले सर्वसाधारण र मजदुरहरूको उद्धार गरेका थिए ।

यसैवीच, कपिलवस्तु प्रवेश गर्ने नाकामा वाणगंगा नगरपालिकाले आफ्नो सीमा नाकामा प्रहरी तथा जनप्रतिनिधि लगायतले निगरानी गरी कडाइ गर्ने भएको छ ।

कपिलवस्तु र रुपन्देही जिल्लाको सीमानाका कोठीखोलामा बाहिरी जिल्लाबाट आउने यात्रु मजदुरहरूलाई रोकेर त्यहि बाट जिल्ला ‘पार’ गराईदिन स्थानीयहरूले माग गरेका छन् ।

Published : Friday, 2020 April 17, 2:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया