सिन्धुलीमा कम्युनिस्टले झुठको खेती गर्न थालेपछि कांग्रेस सभापति गरे भण्डाफाेर
सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीले कोरोना भाइरसको संक्रमणविरुद्ध सबै एकजुट भएका बेला सिन्धुलीस्थित दुधौली नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कांग्रेसविरुद्ध झुठो लाञ्छना लगाएको भन्दै आपत्ति जनाएको छ ।
सिन्धुली कांग्रेसका सभापति उज्जवलप्रसाद बरालले शुक्रबार विज्ञप्ति जारी गरेर कोरोना भाइरसको संक्रमणविरुद्ध एकजुट भएर सामना गर्नुपर्ने समयमा कांग्रेसविरुद्ध झुठ्ठा लाञ्छना लगाई निकृष्ट प्रकारको राजनीतिक चरित्र प्रदर्शन गर्नु आफैमा लज्जास्पद भएको जनाएका छन् ।
‘यस्तो प्रवृत्तिको नेपाली कांग्रेस सिन्धुली घोर आपत्ति प्रकट गर्दछ’, सभापति बरालले भने, ‘यस्ता किसिमका खेदजन्य कार्यहरू पुनः भएमा नेपाली कांग्रेस चुप लागेर बस्ने छैन भन्ने जानकारी गराउँद छु ।’
‘यस्तो विपदको बेला सबै राजनीतिक दल, संघ, संस्था केन्द्र, प्रदेश र स्थानीय सरकारवीच मिलेर विपदसँग लड्न आह्वान गर्दछु’, बरालले भनेका छन् ।
सभापति बरालले नेपाली कांग्रेसका जिल्ला कार्यसमितिका कोषाध्यक्ष तथा दुधौली नगरपालिका १ का वडाध्यक्ष गोविन्दप्रसाद पहाडीमाथि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग आवद्ध कार्यकर्ताहरूलाई प्रयोग गरी नगरपालिकामार्फत वितरण गरिएको सामान्य खालको मास्क लुकाएको झुठ्ठा आरोप लगाइ कपोकल्पीत समाचारहरू विभिन्न सञ्चारमाध्यममार्फत प्रचार प्रसार गराई आफ्नो नक्कली चरित्र उदाङ्गो बनाएको जनाएका छन् ।
‘नगरपालिकाबाट २५ सय थान मास्क पठाएको छु लिन आउनु भनी खबर प्राप्त भएर वडा नम्बर १ का कर्मचारीलाई लिन पठाई गल्ती गन्ती गरी वितरण गर्दा १५ सय थान मात्र भएपछि स्वयं वडाध्यक्षले मेयर धनश्याम राउतलाई फोन गरी मास्क कम आएको जानकारी गराउँदै थप मास्क भोलि पठाउँला भनी आश्वासन प्राप्त भएको र भोलि पल्ट नगर प्रमुखले आफ्ना कार्यकर्ताहरू मास्क पठाई पार्टीको नामबाट वितरण गर्ने निकृष्ट काम समेत भएको पाइयो’, विज्ञप्तिमा भनिएको छ । 
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया