मक्किएका कम्युनिस्टले धरान परिवर्तन भएको थाहै पाएनन्ः विश्वप्रकाश शर्मा
काठमाडौं । धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले जितेसँग कम्युनिस्टहरू अलोप्रिय हुँदै गएका छन् भनेर विश्लेषण हुन थालेको छ ।
धरानलाई सधैँ आफ्नो बिर्ता ठान्ने कम्युनिस्टहरूले नमिठो झट्का व्यहोर्नु परेको छ ।
नेपाली कांग्रेसका तिलक राईले कम्युनिस्टहरूको कथित गढलाई भत्काइदिएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार प्रकाश राईले उठ्नै नसक्ने गरेर पछारिदिएका छन् ।
यसअघि धरानमा तारा सुब्बाले कम्युनिस्टको झण्डाबाट विजय भएका थिए । उनको निधन भएपछि उपनिर्वाचन भएको थियो ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले परिणामप्रति खुसी व्यक्त गरेका छन् । उनले परिवर्तनको पक्षमा उभिएको धरानका जनतालाई बधाइ दिएका छन् ।
ट्वीट गर्दै प्रवक्ता शर्माले भनेका छन्, ‘कसैले भने पश्चिम बङ्गालझैँ हो धरान, लालझण्डा यहाँ सदैव माथी रहन्छ ।’
‘बिर्सिए सबैभन्दामाथी जनताको मत रहन्छ । तिनलाई पत्तै भएन पश्चिम बङ्गालको राज अलिअघि स्वयम् ढलिसकेको थियो, बर्लिनको पर्खालझैँ’, उनले भनेका छन्, ‘आज भानु चोकमा उभिएर धरानले भन्यो – म परिवर्तनको पक्षमा उभिन्छु । विनम्र बधाई धरानलाई ।’
नेपाली कांग्रेसका प्रवक्ता शर्माले सबैभन्दा ठूलो जनता र उनीहरूको विश्वास भएको बताएका छन् । जनताको विश्वास र मतभन्दा ठूलो कसैले अन्य विषयलाई ठान्छ भने त्यसको पराजय निश्चित भएको बताएका छन् ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया