माओवादीलाई दिएकाे दाइजाे कांग्रेसले फिर्ता गर्ने, भरतपुरमा विजयी र्याली प्रदर्शन
भरतपुर । नेपाली कांग्रेसले चितवनका तीन वटा वडाहरूमा जित हासिल गरेपछि भरतमा विजय र्याली निकालेको छ ।
उपनिर्वाचनअन्तर्गत भरतपुर महानगरपालिका १६, खैरहनी नगरपालिका ४ र ५ मा विजयी भएपछि नेपाली कांग्रेस आइतबार विजय र्याली निकालेर खुसीयाली मनाएको हो ।
चौवीसकोठीबाट शुरु भएको र्याली लायन्सचोक, शहीदचोक हुँदै पुलचोकमा पुगेर नेपाली कांग्रेसको विजय र्याली भरतपुर १६ तर्फ गएको थियो ।
विजय र्यालीमा नेपाली कांग्रेस चितवनका जिल्ला सभापति जितनारायण श्रेष्ठलगायत नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेसका सभापति श्रेष्ठले उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विश्वास गरेर ‘रुख’ चिन्हमा मतदान गरेर विजयी बनाएकोमा सबै मतदाताहरूलाई धन्यावाद दिए । उनले कांग्रेसको जितलाई कम्युनिस्ट अधिनायकवादविरुद्धको जित भएको बताए ।
सभापति श्रेष्ठले चितवनमा जनताले नेकपालाई नराम्रो झापड हानेको बताए ।
‘नेपाली कांग्रेस कमजोर छ भन्ने भ्रम कसैलाई अझै छ भने त्यो प्रत्युत्पादक मात्रै हुनेछ’, सभापति श्रेष्ठले भने, ‘चितवनमा गुमेको साखलाई आगामी ०७९ को चुनावमा फर्काउने गरी काम गरिरहेका छौँ ।’
उनले भने, ‘हामी चितवनमा नेपाली कांग्रेसलाई १ नम्बरको पार्टी बनाउछौँ ।’
यसअघि कम्युनिष्टलाई दाइजो दिएको भरतपुर १६ नेपाली कांग्रेसले फिर्ता ल्याएको उनले बताए ।
भरतपुर १६ मा नेपाली कांग्रेसका अमृत हमाल विजयी भएका छन् ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया