धरानले कांग्रेसलाई खुसी दिँदै, कम्युनिस्टहरूको ओठमुख सुक्यो

धरान । नेपाली कांग्रेसले धरान उपमहानगरपालिकामा आफ्नो अग्रतालाई कायम राखेको छ ।

नेपाली कांग्रेसले मेयरमा ७ हजार ९ सय १५ मत पाएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ७ हजार १ सय ७० मत पाएको छ ।

नेपाली कांग्रेसका मेयरका उम्मेदवार तिलक राईभन्दा नेकपाका मेयरका उम्मेदवार प्रकाश राई ७ सय ४५ मतले पछाडि छन् ।

धरान उपमहानगरपालिकामा सधैँ कब्जा जमाउदै आएका कम्युनिस्टहरूलाई नेपाली कांग्रेसले यस पटक पराजित गर्ने संकेट गरेको छ ।

नेपाली कांग्रेसले कम्युनिस्टहरूको गढ मानिने वडाहरूमा पनि फराकिलो मतअन्तरले अग्रता लिएको छ ।

सधैँ कम्युनिस्टका नाममा भोट लिएर विजयी हुँदै आएकाहरूलाई यस पटक धरानका मतदाताहरूले नराम्रोसँग हराइदिने संकेत दिएका छन् ।

Published : Sunday, 2019 December 1, 6:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया