राष्ट्रपतिको जिल्लामा वडाध्यक्षमा जितेन्द्र राई विजयी

भोजपुर । भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार जितेन्द्र राई विजयी भएका छन् ।

नेकपाका राईले ६९१ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार समरबहादुर कार्की २५४ मत प्राप्त गरेका छन् ।

मंगोल नेसनल अर्गजनाईजेसनको तर्फबाट कला राईले ३ मत प्राप्त गरेका छन् ।

कुल मतदाता एक हजार ६१६ मध्ये ५९ दशमलव ७२ अर्थात नौ सय ६५ मत खसेको मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले जानकारी दिए । १६ मत भने बदर भएको छ ।

यो गाउँपालिका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको गृहजिल्ला पर्छ ।

Published : Saturday, 2019 November 30, 11:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया