ओखलढुंगामा वाम्बुले राई भाषा कविता प्रतियोगिता हुने
काठमाडौं । ओखलढुंगाको मोली फस्कु गाउँमा २१औं वर्षको वाम्बुले राई भाषाको कविता प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता मंसिर २० गते हुनेछ । ०५५ सालदेखि वाम्बुले भाषाको कविता प्रतियोगिता ओखलढुंगाको हिलेपानी गाउँबाट शुरु भएको थियो ।
वाम्बुले बस्ती भएको स्थानमा कविता गोष्ठी हुँदै आएको छ । कविता गोष्ठी खोटाङ, ओखलढुंगा, उदयपुर लगायतका विभिन्न जिल्लामा भैसकेको छ ।
यस पटक मंसिर २० गते ओखलढुंगाको मोली फस्कु गाउँमा २१औं वाम्बुले राई भाषाको कविता प्रतियोगिता हुन लागेको हो । ‘हाम्रो मातृभाषा, संस्कृति परम्पराको संरक्षण संवर्द्धन गर्न हामी लागि आफैं जुटौं’ अभियानको साथ भब्या रुपमा हुँदैछ ।
युवा पुस्ताको सिर्जनात्मक सहभागिता ससक्त हुनेछ । देश, विदेशमा रहेका वाम्बुले स्रष्टाहरूले मातृभाषाका रचना पठाउन सक्नेछ । संस्थाका उपाध्यक्ष गणेश वाम्बु राईले प्रतियोगिता भव्यताका साथ गरिने बताए ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया