आचार संहिता उल्लंघन गर्ने अरिँगालहरूलाई तरुणले गरायो सचेत
काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष एवम् निर्वाचन परिचालन समितिका संयोजक उत्तम चापागाइँले उपनिर्वाचनको पूर्वसन्ध्यामा देशभरि सत्ताको आडमा निर्वाचन आचार संहिता विपरितका गतिविधि भएको भन्दै आपत्ति जनाएका छन् ।
उपाध्यक्ष चापागाइँले शुक्रबार प्रेस नोट जारी गर्दै निर्वाचन आचार संहिता विपरितका कार्यहरू रोक्न निर्वाचन आयोगसँग माग गरेका छन् ।
‘नेपाली कांग्रेस पराजित हुन्छु भन्ने थाहा हुँदा हुँदै पनि निर्वाचन गराएको थियो’, चापागाइँले भनेका छन्, ‘लोकतान्त्रिक प्रक्रियालाई सहज रुपमा लिनुपर्छ । विगतमा नेपाली कांग्रेसले पनि लोकतान्त्रिक प्रक्रियालाई सहज रुपमा लिएको थियो । नेकपाले पनि सहज रुपमा लियोस् भन्ने तरुण दलको चाहना छ ।’
निर्वाचनलाई असर पर्ने गरेर कास्की २ मा दुई दिन अगाडि नेपाल प्रहरीका डीएसपीको सुरुवा गर्ने, बागलुङमा प्रदेश सांसद आफै पैसा बाँड्न हिँड्ने, काठमाडौंमा त्रिचन्द्र क्याम्पसका प्रमुखलाई कुट्ने, मीन भवनमा नेविसंघमाथि सांघातिक आक्रमण गर्ने, पाँचथरमा चालमल बाँड्न हिँड्ने जस्ता कार्यहरू गरेको भन्दै तरुण उपाध्यक्ष चापागाइँले आपत्ति जनाएका हुन् । उनले यस्ता कार्यले लोकतान्त्रिक प्रक्रियालाई सहयोग नपुग्ने बताएका छन् ।
चापागाइँले तरुण दलका अध्यक्ष घनश्याम भट्टराई नेकपाका कार्यकर्ताले आक्रमण गरेको भन्दै आपत्ति जनाएका छन् ।
तरुण अध्यक्षमाथि भएको आक्रमणको विरोध गर्दै उनले देशमा शान्तिसुरक्षा बिग्रिदै गएको अनुभूति भएको जनाएका छन् । उनले दोषीहरूलाई पक्राउ गरेर कारबाहीको माग गरेका छन् ।
उपनिर्वाचनलाई सफल बनाउन उपाध्यक्ष चापागाइँले अपील पनि गरेका छन् । उनले निर्वाचनबाट डराएर नभाग्न नेकपालाई सचेत गराएका छन् ।
उपाध्यक्ष चापागाइँले शनिबार देशैभरि हुन लागेको उपनिर्वाचनमा धाँधली हुने संकेत पाएको भन्दै सबै तरुणहरूलाई चनाखो भइ मतदाता र बुथको सुरक्षामा खटिन निर्देशन पनि दिएका छन् ।
मतदाता र बुथलाई क्षति पुर्याउन खोजिए तरुणहरूले नछाड्ने उनले चेतावनी दिएका छन् ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया