कास्कीमा कम्युनिस्ट सरकारले धाँधली गर्न थालेपछि खतिवडाले गराए सचेत
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले उपनिर्वाचनमा धाँधली गर्न लागेको उसका गतिविधिहरूले देखाएको टिप्पणी गरेका छन् ।
कास्की जिल्लाको क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुनुभन्दा दुई दिन अगाडि नेपाल प्रहरीका डीएसपीको सुरुवा गरेर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)प्रति झुकाव राख्ने डीएसपीलाई पर्वत सरुवा गरेर ल्याएपछि नेपाली कांग्रेसले विरोध गर्दै आएको छ ।
‘सरकारले कसको अनुमतिमा कास्कीमा चुनावको अघिल्लो दिन प्रहरीका इञ्चार्ज सरुवा गर्दैछ ?’, ट्वीट गर्दै खतिवडाले प्रश्न गरेका छन्, ‘नाङ्गै नाच्दै हिँड्दा किन निर्वाचन आयोग चुप छ ?’
‘कि मतदानमा मतदाताबाट जित्ने आश मरेपछि प्रहरी परिवर्तन गरेर राति नै मत गर्ने हो कि कसो ?’, नेपाली कांग्रेसका नेता खतिवडाले भनेका छन्, ‘निर्वाचन आयोग सरकारको ढाल नबनोस् ।’
दुईतिहाइको बलियो कम्युनिस्ट सरकारको आदेशमा कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले पोखरा बैदामका प्रहरी प्रमुख डीएसपी कमल शाहलाई दुई दिन अगाडि बुधबार सुरुवा गरिदिएका थिए ।
शाहको स्थानमा पर्वतका डीएसपी विनोद सुवेदीलाई सुरुवा गरेर ल्याइएको छ । डीएसपी सुवेदी नेकपा निकटका मानिन्छन् ।
केही महिना अगाडि कास्कीमा एसपी कार्की परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पावर लगाएर सुरुवा भई गएका थिए ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया