ज्ञानेन्द्र शाहीलाई अभियानबाट निस्कासन

काठमाडौं । भ्रष्टाचार विरोधी अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीलाई ‘नेपालका लागि नेपाली’ अभियानले निस्कासन गरेको छ ।

काठमाडौंमा बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले शाहीलाई निस्कासन गर्ने निर्णय भएको वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले जानकारी दिए ।

‘हाम्रो सिद्धान्त नै मिलेन । हामी राजतन्त्र जोगाउन लागिरहेका छौं’, वरिष्ठ अधिवक्ता न्यौपानेले भने, ‘उनले त गणतन्त्रको कुरा गर्न थाले ।’

न्यौपानेले अब उप्रान्त शाहीका कुनै पनि अभिव्यक्ति र कार्यक्रममा नेपालका लागि नेपाली अभियानको संलग्नता नरहने बताए ।

नेपालका लागि नेपाली अभियानले संघीयता, धर्मनिरपेक्षता खारेजी लगायतका एजेण्डासहित गतिविधि गर्दै आएको छ ।

Published : Thursday, 2019 November 28, 10:33 am

फेसबुकबाट तपाईको प्रतिक्रिया