कम्युनिस्टप्रति बितृष्णा भएपछि कांग्रेसलाई रोज्दै छन्ः सभापति अमात्य
ललितपुर । नेपाली कांग्रेस ललितपुरका जिल्ला सभापति एवम् पूर्वसांसद मदनबहादुर अमात्यले कम्युनिस्टहरूप्रति बितृष्णा बढ्दै गएको बताएका छन् ।
ललितपुरको बागमती गाउँपालिकाको गिम्दीमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सभापति अमात्यले कम्युनिस्टहरूमा बितृष्णा बढेकै कारण सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताहरूले पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरिरहेको बताए ।
उनले कांग्रेस रहे मात्र नेपालमा लोकतन्त्र बलियो हुने बताए । ‘नेपाली कांग्रेस पार्टी वीपी कोइराला, सुबर्णशम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईले आफ्नो जीवन समर्पित गरेर बनाएको पार्टीलाई कसैले सिध्याउँछु भनेर लाग्छ भने त्यो आफै समाप्त भएर जान्छ’, उनले भने ।
उनले किड्नीले काम गर्न छोडीसकेका प्रधानमन्त्री केपी ओलीले कुर्सी नछाडेकोमा आफू अचम्ममा परेको बताए ।
‘हप्तै पिच्छे डायलसिस गर्दा राष्ट्रको ढुकुटी सिध्याउन लागि प्रधानमन्त्रीको कुर्सी नछोडेको हो’, उनले भने, ‘आफ्ना नजिकका बदनाम मन्त्रीहरूलाई यथावत राखेर राम्रा मन्त्रीहरूलाई निकाली देशमा भ्रष्टाचार बढाइएको छ ।’
आफूले ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको संगठन बलियो बनाउन १२ वर्षसम्म सक्रिय भएर लागेको उनले बताए ।
सभापति हुँदा ललितपुरको ३ वटै क्षेत्रमा नेपाली कांग्रेस विजय भएको उनले बताए ।
‘अझ २० वर्ष राजनीति गर्छु । अर्को पल्ट ३ वटै क्षेत्र जिताएर छाड्नेछु’, सभापति अमात्यले बताए ।
उनले पार्टीका सबै नेता तथा कार्यकर्ताहरू इमान्दार भएर लाग्न निर्देशन दिएका छन् ।
दुईतिहाइको कम्युनिस्ट सरकारले नेपाली जनतालाई गास, बास र कपासको सिर्जना गर्नुपर्नेमा उल्टो नेपाली जनताहरूको रगत चुस्ने काम गरेको साभपति अमात्यले बताए ।
‘अर्को चुनावमा नेपाली जनताले कम्युनिस्टहरूलाई सबक सिकाउनेछन्’, उनले भने, ‘काण्डै काण्डमा मुछिएको यो सरकारले प्रत्येक ठाउँमा कर लगाएर नेपाली जनतालाई दुःख दिने काम गरेको छ ।’
नेपाली कांग्रेस ललितपुरका सभापति अमात्य पार्टीभित्र ईमान्दार कार्यकर्ता मानिन्छन् । उनी कृष्णप्रसाद भट्टराईका ईमान्दार चेला हुन् ।
सभापति अमात्यले कम्युनिस्टसँग आजित भएका पूर्व एमाले नेता लक्ष्मणबहादुर लामिछाने, रुद्रप्रसाद शर्मासहित ५६ जनालाई नेपाली कांग्रेसमा प्रवेश गराएका छन् ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया