धनकुटामा मध्यराति चोरी भयो गगनको मन, भावुक हुँदै दिए सन्देश (तस्वीर)
धनकुटा । नेपाली कांग्रेसका युवा नेता गगन थापाले धनकुटामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का थुप्रै नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा भित्र्याएका छन् ।
मंगलबार राति धनकुटामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य थापाले नेकपासहितका विभिन्न दल परित्याग गरेकाहरूलाई कांग्रेसमा प्रवेश गराएका हुन् । नेपाली कांग्रेस धनकुटाले कार्यक्रम राखेको थियो ।
‘धरानको चुनावी सभाबाट धनकुटा पुग्दा अध्यारो भइसकेको थियो’, थापाले भनेका छन्, ‘तर नेपाली कांग्रेस प्रवेश गर्न आएका ती तन्नेरीलाई न अध्यारोले छेक्यो न गाउँ–गाउँबाट आउँदा भएका अनेकन अवरोधले नै !’
‘धनकुटाको बेलहाराको सभामा नेपाली कांग्रेस प्रवेश गर्नुभएका ४०० बढी युवा साथीहरूको उत्साहबाट थप उर्जा बोकेर आएको छु’, नेपाली कांग्रेसका युवा नेता थापाले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवारहरूको पक्षमा भोट माग्दै विभिन्न जिल्लाहरूको भ्रमणमा रहेका युवा नेता थापालाई स्थानीय युवाहरूले भव्य स्वागत गर्दै आएका छन् ।
कम्युनिस्टहरूको अधिनायकवादविरुद्ध कडा रुपमा उत्रिदै आएका युवा नेता थापा युवाहरूका बीच मात्रै होइन सबै उमेर समूहले उत्तिकै माया गर्दै आएका छन् । थापाले पनि सबैलाई उत्तिकै महत्व दिने गरेका छन् ।
दुईतिहाइको कम्युनिस्ट सरकारले जनतालाई करको भारी बोकाएर दुःख दिएको उनको भनाइ छ । उनीले धरानमा मंगलबारको कार्यक्रममा खड्गप्रसाद ओलीले जनता समक्ष गरेका बाचाहरूको एकएक हिसाब मागेका थिए ।
पोखरा, बागलुङ, धरान, धनकुटा, भक्तपुर, चितवन लगायतका स्थानमा चुनावी कार्यक्रमहरूमा युवा नेता थापा सहभागी भएर नेपाली कांग्रेसका उम्मेदवारहरूको पक्षमा मतदान गर्न अपील गरिसकेका छन् ।
उनले रुख चिन्हमा मतदान गरेर दुईतिहाइको कम्युनिस्ट सरकारलाई जनतासँग डराउने बनाउन आग्रह गर्दै आएका छन् ।
नेपाली कांग्रेसलाई जिताउनका लागि युवा नेता थापा आफै सक्रिय भएर लागेका छन् । उनी सभापति शेरबहादुर देउवासँग पार्टीको चुनाव प्रचारमा मैदानमा उत्रिएका छन् ।

बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया