धरानमा विजयी भए कांग्रेसका तिलक राईले सुविधा नलिने

धरान । धरान उपमहानगरपालिका उपनिर्वाचनका लागि मेयर पदको उम्मेदवार तिलक राईले विजयी भएपछि नगरपालिकाबाट कुनै सेवा र सुबिधा नलिने समेत घोषणा गरेका छन् ।

आफ्ना छोराछोरी र परिवारलाई दैनिक जीविकोर्पाजन गर्न आफ्नो सम्पति र सावारी साधन रहेको भन्दै उनले कुनै सेवा र सुबिधा नलिने सार्वजानिक घोषणा गरेका हुन् ।

धरानको भानु चौकमा मंगलवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सेवा सुविधा नलिने घोषणा गरेका हुन् । उनले १० हजारभन्दा बढी धरानका जनतालाई साक्षी राखेर घोषणा गरेका छन् ।

उनले २८ वर्षदेखि नगरपालिकामा भएको नीतिगत भ्रष्टाचार बाहिर ल्याउने उद्घोष गर्दै २८ वर्षसम्म नेकपाले गरेको काम निर्वाचनको मुखमा धराने जनताले पत्रपत्रिकाबाट हेरेर थाहा पाउँदै आएको बताए ।

धरानका जनताले मागेको खानेपानी, बसपार्क, सडकहरू भटाभटा पत्रिकामा आएको भन्दै राईले कम्युनिष्टले २८ वर्षमा धरानलाई प्रयोगशाला बनाएको आरोप लगाए ।

उनले धरानका जनतालाई परिवर्तनको पक्षमा उभिन आग्रह गर्दै धरान विकासका लागि तपाईहरूको सारथि बन्ने मौका दिन उनले आग्रह गरेका छन् ।

कम्युनिष्टले बढाएको कर घटाउने एजेण्डा सहित भ्रष्टाचारको अन्त्य र धरानको विकासमा काम गर्ने योजनामा साथ दिन धरानका जनतालाई रुख चिन्हमा मतदान गरेर विजयी गराउन आग्रह गरेका छन् ।

Published : Tuesday, 2019 November 26, 9:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया