भ्रष्टाचारका नाइके कम्युनिस्टहरूलाई धरानले पराजित गर्छः डा.डिला संग्रौला
धरान । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले दुईतिहाइको बलियो कम्युनिस्ट सरकार अधिनायकवाद, भ्रष्टाचारी, विकास बिरोधीको नाइके भएको आरोप लगाएकी छिन् ।
धरानमा मंगलबार आयोजित नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उनले हत्या, हिंसा, बलात्कार, भ्रष्टाचारलाई सरकारले प्रश्रय दिएको बताइन् ।
‘दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले देशमा मच्चाएको लुटतन्त्रबिरुद्ध धरानबासी कांग्रेसका तिलक राईलाई मत दिनुपर्छ’, उनले भनिन्, ‘वाइडवडी, बुढीगण्डकी, मेलम्ची, बालुवाटरको जग्गा काण्ड, सुनकाण्डले पिल्सिएको काण्डै काण्डको सरकारलाई खबरदारी स्वरुप परिवर्तनको पक्षधर युवा नेता तिलक राई धरानको विकासको योग्य पात्र हुनुहुन्छ ।’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले प्रदेश नम्बर १ को प्रमुखमा धनकुटाका प्रा.डा.गोबिन्द सुब्बालाई हटाएर कास्कीका नेतालाई प्रदेश प्रमुखमा नियुक्ति दिएर आदिबासी जनजातिको सरकारलाई पक्षपात गरेको बताए ।
उनले सरकारलाई गल्ती गरेको महशुस गराउन कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गर्दै उनले कांग्रेसका तिलक राईले धरानलाई एकताको शहर बनाउने बताए ।
नेपाली कांग्रेसका नेता आचार्यले भने, ‘गत साता हङकङमा भएको निर्वाचन जस्तै धरानमा धराने जनताले ९५ प्रतिशत मत कांग्रेसलाई दिनेछन् ।’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले एतिहासिक शहर धरानलाई कम्युनिष्टले कुरुप शहर बनाएको आरोप लगाए ।
उनले धरानको पौराणिकतालाई जीवित राख्न कांग्रेसलाई मत हाल्न आग्रह गरे । सुकुम्बासीलाई लाल पुर्जा दिन्छु भने गफाडी कम्युनिष्टले महासचिव विष्णु पौडेललाई बालुवाटारको जमिन पास गरिदिइसकेको उनले बताए ।
अब गरिब जनताको वकालत गर्छु भनेर झुटोको खोती गर्ने कम्युनिष्ट सरकारको कुरा विश्वास नगर्न आग्रह गर्दै धराने जनतालाई कांग्रेसलाई मत दिन आग्रह गरेका छन् ।
नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मेयरका उमेदवार तिलक राईले आफू विजयी भएपछि धरान उपमहानगरपालिकाबाट कुनै सेवा र सुबिधा नलिने समेत घोषणा गरेका छन् ।
आफू विजयी भए राईले धरानमा भएको २८ वर्षदेखिको नीतिगत भ्रष्टाचार बाहिर ल्याउने बताए । उनले कम्युनिस्टहरूले धरानमा २८ वर्षसम्मा भ्रष्टाचार गरेको बताए ।
राईले कम्युनिस्टले बढाएको कर घटाउने एजेण्डा सहित भ्रष्टचारको अन्त्य र धरानको विकासमा काम गर्ने योजनामा साथ दिन धराने जनतालाई रुखमा मत हालेर विजयी गराउन आग्रह गरेका छन् ।
नेपाली कांग्रेसका जिल्ला सचिव सुजेन्द गोले तामाङ्गले सञ्चालन गरेको कार्यक्रंममा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्य डा.रामशरण महत लगायका नेताहरूले धरानको सुकुम्बासी समस्यको अन्त्य गराउन तिलक राईको जित अनिवार्य रहेको बताए ।
उनीहरूले कम्युनिस्ट सरकारको रबैयाका कारमन एकदलीय सोँच र प्रणालीको अन्त्य गराउन धरान लगायत देशभरका जनताले नेपाली कांग्रेसलाई जिताउनुपर्ने बताए ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया