कास्कीले कम्युनिस्टलाई सबक सिकाउँछन्, पौडेलको जित निश्चित छः महर्जन
पोखरा । दुईतिहाइको कम्युनिस्ट सरकारलाई सबक सिकाउने तयारीमा रहेको नेपाली कांग्रेसले कास्की जिल्लाको क्षेत्र नम्बर २ मा उपनिर्वाचनको चुनावी कार्यक्रमलाई तिब्र बनाएको छ ।
जनताको घर दैलोमा पुगेर नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेल पार्टीका नेता तथा कार्यकर्ताहरूसँग भोट मागेका छन् । पौडेलको पक्षमा प्रचार गर्न र माहोल बनाइदिन केन्द्रबाट कांग्रेसका नेताहरू आफ्नै खर्चमा पोखरा आएर प्रचारमा जुटेका छन् ।
कास्की क्षेत्र नम्बर २ को चुनावी प्रचार अन्तर्गत पोखरा महानगरपालिकाको वडा नम्बर २१ निर्मलपोखरीमा आइतबार भव्य चुनावी सभा भएको छ । चुनावी सभालाई नेपाली कांग्रेस युवा नेता मीनकृष्ण महर्जनले सम्बोधन गर्दै ईमान्दार कार्यकर्तालाई मतदान गर्न कास्कीका जनतासँग अपील गरेका छन् ।
‘कास्की २ मा कांग्रेसको जनलहर आएको छ । म कास्की आएको ३ दिन भयो । म प्रायः २ नम्बर क्षेत्रको टोलमा घुमेका छु’, उनले भने, ‘चिया पसलहरूमा चुनावको चर्चा छ । कांग्रेसको पक्षमा धेरैले सकारात्मक धारणा राखेको पाएको छु ।’
पोखरा बसाइका क्रममा नेपाली कांग्रेसका उम्मेदवार पौडेलका पक्षमा ट्याक्सी चालकदेखि साधारण मजदुर र व्यवसायीहरू रहेको आफूले पाएको युवा नेता महर्जनले बताए ।
महर्जन ललितपुर क्षेत्र नम्बर २ ‘ख’बाट प्रदेश सभा निर्वाचनमा उम्मेदवार बनेका थिए । उनी झिनो मतअन्तरले पराजित भएका थिए ।
खेलाडी पृष्ठभूमि भएका नेपाली कांग्रेसका युवा नेता महर्जनले कास्कीका सम्पूर्ण खेलाडीहरूलाई खेमराज पौडेलको चुनावी प्रचारमा लाग्न र रुख चिन्हमा मतदान गर्न अपील गरेका छन् । ‘कम्युनिस्टहरूले जितेर जाँदा जनताले दुःख पाए । कांग्रेसको नेतृत्वमा बनेको संविधान धरापमा पर्न थालेको छ’, उनले भने, ‘अब जनता जागेका छन् । कम्युनिस्टहरूको अधिनायकवाद स्वीकार गर्ने पक्षमा छैनन् । कम्युनिस्टहरूको औकात जनताले थाहा पाइसकेका छन् ।’
चिया खाने बहानामा आफूले उपनिर्वाचनको माहोल बुझ्ने गरेको बताएका महर्जनले यसपालिको उपनिर्वाचन कुन पनि हालमा नेपाली कांग्रेसका पौडेलले जित्ने संकेत पाएको बताए ।
‘मतदाताहरूको एउटै स्वर छ । यसपालिको चुनावमा कांग्रेसले जित्छ’, उनले भने, ‘यो क्षेत्रमा रविन्द्र अधिकारीले जितेका थिए । अहिले किन कांग्रेसले जित्छ भनेर सोध्दा उहाँहरूले जे सोँचेर कम्युनिस्टलाई भोट हाल्नु भएको थियो त्यसको ठ्याक्कै उल्टो भयो ।’
‘कम्युनिस्टले जितेपछि त हामीहरूले धेरै दुःख पायौँ । ती मतदाता कम्युनिस्टहरूलाई भोट दिएर पछुताइरहेको मैले पाएको छु’, महर्जनले भनेका छन्, ‘त्यसैले यसपालिको चुनावमा कांग्रेसको जित सुनिश्चित छ । किनकि नेपाली जनता कम्युनिस्ट सरकारप्रति आजित भइसकेका छन् ।’
‘दिन प्रतिदिन महंगी बढेको छ । भ्रष्टाचारको चरम सीमा नाघेको छ । यो सरकार दिन प्रतिदिन काण्डै काण्डमा मुछिएको छ’, नेपाली कांग्रेसका युवा नेता महर्जनले भने, ‘देशमा सुशासनको साटो कुशासन छ ।’
‘कम्युनिस्ट सरकारले न्यायालय पूरै आफ्नो कब्जामा पारिसकेका छन् । ३३ किलो सुन काण्ड । एनसेल काण्ड । वाइडबडी काण्ड । बालुवाटार जग्गा काण्ड । निर्माला पन्त बलात्कार हत्या काण्ड । काण्डै काण्डले पुरस्कार पाएको यो सरकार नेपाली जनताको सामुन्ने नाङ्गीसकेका छन्’, उनले भने, ‘कम्युनिस्टहरू भन्ने बेलामा हाम्रो पार्टी सर्बहारा पार्टी भन्ने गर्छन् । नेपालको कम्युनिस्ट पार्टी त नेपालको सबैभन्दा धनी पार्टी भइसकेका छन् ।’
महर्जनले भने, ‘कास्कीमा पनि कम्युनिस्ट पार्टी हार्ने निश्चित भएपछि ठूलो धनराशि खर्च गरेर चुनाव जित्ने दाउमा लागि परेका छन् ।’
अहिलेदेखि नै कास्कीका मतदाताहरूलाई पैसाको प्रलोभन देखाउन थालीसकेको उनले बताए । ‘मतदातहरूलाई दुईतिहाईको बलले कम्युनिस्ट सरकारले डर त्रास देखाउन थालीसकेका छन् । साच्चै नै भन्नुपर्दा कम्युनिस्टहरूले उत्तर कोरियाको जस्तो शासन नेपालमा ल्याउन खोजेका छन्’, उनले भने ।
‘त्यसैले हाम्रो पार्टीका आदरणीय सभापति शेरबहादुर देउवाले त्यसै भन्नु भएको होइन । कम्युनिस्टले जिते भने बोल्न पनि पाउँदैन भनेर । तानाशाह कम्युनिस्टका कारण नेपाली जनताको बलिदानबाट ल्याएको लोकतान्त्र खतरामा परेको छ’, उनले भनेका छन् ।
देशको भविश्यका निमित्त नेपालमा भ्रष्टाचार अन्त्यको गरेर सुशासन कायम गर्न नेपाली जनताको जीवनस्तर र उन्नतिका निमित्त कास्की २ मा नेपाली कांग्रेसले विजय सुरुवात गर्ने महजर्नले बताएका छन् ।
अबको संसदीय र स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई जनताले शक्तिशाली बनाउने बताए ।
कम्युनिस्ट मन्त्री, नेता तथा कार्यकर्ताहरू कमाउ धन्दामा लागेको उनले बताए । 
‘अब नेपालमा श्रीमानको नाममा श्रीमतीले चुनाव जित्ने चलन कास्कीबाट अन्त्य हुने महर्जनले बताएका छन् । ‘किन कि अहिले नेपाली कांग्रेसका उम्मेदवारसंग कम्युनिस्ट उम्मेदवारलाई दाँज्नै मिल्दैन’, उनले भने, ‘नेपाली कांग्रेसका उम्मेदवार भनेको सुन हो । कम्युनिस्टको उम्मेदवार भनेको पित्तल हो । सुनसंग पित्तल दाज्न मिल्छ ? मिल्दैन ।’
नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेल (गुरु) ६ दशकदेखि नेपाली राजनीतिमा लागेर वर्षौसम्म जेलनेल भोगेको भन्दै महर्जनले त्यागी, निष्ठावान, इमान्दार, बौद्धिक व्यक्तित्व भएका कारण कांग्रेसको जित सुनिश्चित भएको महर्जन बताए ।
युवा नेता महर्जनसहित तरुण दल ललितपुरका जिल्ला उपाध्यक्ष तथा किक बक्सिङका पूर्व राष्ट्रिय खेलाडी विनोद महर्जन, करातेका पूर्व राष्ट्रिय खेलाडी तरुण दल नगर सभापति बिक्रमबहादुर श्रेष्ठ, तरुण दल ललितपुरका जिल्ला सदस्य विकास कार्कीसहितका युवाहरू कास्की २ मा नेपाली कांग्रेसका उम्मेदवार पौडेलको पक्षमा प्रचार गर्न आएका छन् ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया