अमेरिकामा अन्सारीलाई सम्मान, आइतबार स्वदेश फिर्ता हुने
न्युयोर्क । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले अमेरिका भ्रमणका क्रममा नेपाली सम्बद्ध विभिन्न संघ संस्था र कुटनीतिक भेटघाटहरु गरेका छन् ।
अन्सारीलाई स्वदेश फर्कनु अगाडि न्युयोर्कमा नेपालीहरुको संस्था ‘एमएए’का अध्यक्ष र पदाधिकारीहरुले सम्मान गरेका छन् ।
सम्मान कार्यक्रममा अध्यक्ष अन्सारीले विदेशमा बसेर देशको माया गर्न सबै नेपालीहरुलाई आग्रह गरेका छन् । उनले विदेशमा बसेका नेपालीहरुको शिप र दक्षतालाई नेपाल सरकारले प्रयोग गर्नुपर्ने पनि बताएका छन् ।
यसअघि अमेरिका भ्रमणका क्रममा अध्यक्ष अन्सारीसँग संयुक्त राष्ट्रसंघमा नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले भेट गरेका थिए ।
अन्सारीसँगको भेटमा राईले राष्ट्रसंघमा नेपालको अवस्था र कामकारबाहीका बारेमा जानकारी गराएका थिए ।
अन्सारीले न्युयोर्कमा रहँदा अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कार्कीसँग पनि भेटघाट गरेका थिए ।
त्यसैगरी, अन्सारी र संयुक्त राज्य अमेरिकाको वाशिंगटानस्थित संघीय सरकारको विदेश विभागका अधिकारी स्टेफिन सेण्डब्याकसँग भेटघाट गरेका छन् ।
भेटघाटमा द्विपक्षीय सम्बन्ध सम्बन्धी विषयका साथै विभिन्न सामुदायिक विकास परियोजनाहरूमा सहयोग बढाउनेबारेमा छलफल भएको अध्यक्ष अन्सारीले बताएका छन् ।
राज्य विभागको टोलीले फेब्रुअरीमा नेपाल भ्रमण गर्नेछ । विभागले धेरै विकास आयोजनाहरुमा सहयोगको खोजी गर्न चाहेको जनाइएको छ ।
उनीहरुले नेपाली जनताको विशेष आवश्यकता र प्राथमिकतालाई सहयोग पुयाउन अमेरिकी विकास प्रणालीको गतिविधिहरुमा सहज पुर्याउने विषयमा जोड दिएको अध्यक्ष अन्सारीले उल्लेख गरेका छन् ।
संयुक्त राज्य अमेरिकाको विदेश विभागलाई सामान्यतया स्टेट डिपार्टमेन्ट भनिन्छ । यो एक संघीय कार्यकारी विभाग हो ।
जसले संयुक्त राज्य अमेरिकाको विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धहरू सञ्चालन गर्छ । भेटघाटमा डा.विश्वास श्रेष्ठ पनि सहभागी थिए ।
अध्यक्ष अन्सार अमेरिकाबाट दोहा हुँदै आइतबार स्वदेश फर्कने कार्यक्रम छ । दोहामा उनले नेपाली संघ संस्थाका प्रतिनिधिहरुसँग पनि छोटो भेट गर्ने जनाइएको छ ।

बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया