पोखरामा आज तरुणको विशेष कार्यक्रम, सम्बोधन गर्न आए नेताहरु
पोखरा । नेपाल तरुण दलले पोखरामा शुक्रबार भव्य चुनावी कार्यक्रम राखेको छ ।
तरुण दलको चुनावी कार्यक्रमलाई नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत, केन्द्रीय सदस्य गगन थापा, तरुण दलका कोषाध्यक्ष विद्धान गुरुङ, नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडासहितका नेताहरुले सम्बोधन गर्नेछन् ।
पोखराको वाई चोकमा मध्यान्ह १२ बजे तरुण दलले कार्यक्रम राखेको छ । चुनावी कार्यक्रमलाई सम्बोधन गर्न नेपाली कांग्रेसका नेताहरु पोखरामा आइसकेको नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले जानकारी दिए ।
दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले निर्वाचन आचार संहिता उल्लंघन गरेको आरोप लागेका बेला नेपाल तरुण दलले त्यसको भण्डाफोर गर्न पनि चुनावी कार्यक्रम राखेको जनाएको छ ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया