दिल्लीमा रहेका बेला उपेन्द्र यादवको स्वाथ्य मन्त्रालय ‘फुत्कियो’

काठमाडौं । भारत भ्रमणमा रहेका बेला दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले सत्ता साझेदार दल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवको मन्त्रालय परिवर्तन गरिदिएका छन् ।

यादव भारतको राजधानी नयाँदिल्लीमा छन् । दिल्लीमा रहेका बेला यता ओलीले बुधबार साँझ यादवको मन्त्रालय खोसेर आफ्नै पार्टीका भानुभक्त ढकाललाई दिएका छन् ।

ढकालले सम्हाल्दै आएको कानून न्याय तथा संसदीय मामिला मन्त्रालय यादवलाई ओलीले दिएका छन् ।

Published : Wednesday, 2019 November 20, 10:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया