घोराहीमा वडाध्यक्ष जिताउन कांग्रेसका नेताहरू घरदैलोमा, आत्तिए कम्युनिस्टहरू

घोराही । नेपाली कांग्रेसका नेताहरूले घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा पार्टीको तर्फबाट वडाध्यक्षमा उम्मेदवार बनेका ताराबहादुर डाँगीलाई भोट मागेका छन् ।

नेपाली कांग्रेसका नेताहरूले बुधबार वडा नम्बर १६ का विभिन्न स्थानमा घरदैलो कार्यक्रम गरेर वडाध्यक्ष डाँगीलाई भोट मागेका हुन् ।

नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद राजु खनालले वडाध्यक्ष डाँगीलाई विजयी बनाउन वडाबासी मतदाताहरूसँग अपील गरिएको बताए ।

राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले पनि मतदाताहरूलाई रुख चिन्हमा मतदान गर्न आग्रह गरिएको बताइन् ।

घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो । नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार डाँगीलाई जिताउन नेताहरूले अभियान नै चलाएका छन् ।

वडाध्यक्ष डाँगीको चुनावी घरदैलो कार्यक्रममा कांग्रेसका पूर्व सभापति वीरकेश्वरी गौतम, क्षेत्र नम्बर २ का सभापति भुपबहादुर डाँगी, भरतबहादुर न्यौपाने, प्रकाश श्रेष्ठ, रमेश पाण्डे, बालिका लम्साललगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2019 November 20, 8:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया