युवा संघका वडाध्यक्ष सहित ५५ युवा कांग्रेसमा प्रवेश, धरान मख्ख
धरान । पूर्वएमालेको भातृ संगठन युवा संघ नेपालका तत्कालीन धरान १६ वडा कमिटीका अध्यक्ष गौतम खालिङसहित ५५ भन्दा बढी स्थानय नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसका मेयरका उम्मेदवार तिलक राईको मंलवारको घरदैलौ कार्यक्रमको अवसरमा गणेशमान चोकमा आयोजित कोण सभामा युवा नेता खालिङ्गको नेतृत्वमा युवाहरू प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेस प्रवेश गर्नेहरूमा मानबहादुर राई, राजु चौधरी, राजन राई, सुमित राई, भीक्षण राई , किरण बराइली, प्रशान मगर, अनिल राई, मनीष थापा मगर, नवीन लिम्बू, रोशन गौतम, विकास कार्की, सरोज परियार, राहुल बराइली, भीष्म खालिङ, सुरज कालिकोट, समुती कालकोटे, कवीर श्रेष्ठ, मेनम राई, प्रोगेस शाक्य, आर्चु श्रेष्ठ, निर्मल श्रेष्ठ, सुजन श्रेष्ठ, कमल राई, अर्जुन मगर, जीवन रामदाम, चन्द्र खत्री, नन्दर राई, अबिसन श्रेष्ठ, सुनिल गुरुङ, रुपेश बिक, आमोस दर्नाल, किरण मगर, विनोद कार्की, लखन धमला, धनराज राई, मिलन राई, सौरव मार्के, सुमित राना मगर, भुवन पुरी, सुदन राई, युगल राई, विष्णु राई, कसत राई, सुरज राई, मादा राई, मनोज राई, देवी दाहाल, प्रकाश तामाङ, अमर तामाङ, शानबहादुर तामाङ, मीनकुमार तामाङ, विक्रम तामाङ, कृष्ण बिकसहित ५५ जना कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस वडा नम्बर १६ का सचिव विजय घिमिरेले बताए ।
नव प्रवेशी कार्यकर्ताहरूलाई मेयरका उम्मेदवार तिलक राई, केन्द्रीय सांसद मीन सुब्बा, पूर्व सांसद हरिनाथ बास्तोला, क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, सचिव मुरारी भट्टराई, महिला नेत्री उमा बास्तोला लगायतको अविर र माला लगाएर स्वागत गरिएको थियो ।
नव प्रवेशी कार्यकर्तालाई मेयरका उम्मेदवार तिलक राईले फूल माला अबिर लगाएर प्रवेश गराएका थिए ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले धरानको समृद्धिका लागि आफू काम गर्न तयार रहेको बताए ।
धरानका जनताको सारथि हुन चाहनाले आफूले मेयरको उम्मेदवारी दिएकाले एक पटक धरानका लागि काम गर्न मौका दिन आग्रह गरेका छन् ।
उनले यो उपनिर्वाचन कांग्रेसको चाहान नभएको तर नेकपाको अदुरदर्शी निर्यणका कारण पुनः निर्वाचनमा जानुपरेको बताए ।
भष्ट्रचारबाट लिप्त नेकपाको सरकारलाई कारवाही स्वरुप परिवर्तनको पक्षमा मत हाल्न आग्रह समेत उनले गरेका छन् ।
धरान–१७ पटनालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सहित अन्य साना पार्टी परित्याग गरी ३० जना कार्यक्रता नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसको चुनावी प्रचार प्रसार अन्तर्गत सोमवार आयोजित कोण सभामा भोला तामाङ, चित्रकुमार राई, अनिलकुमार राई (रबिन), सप्तमान राई, मेनुका राई, सबिना राई, सीता बान्तवा, जितबहादुर बुढाथोकी, अबिशेक राई, फूलमाया तामाङ, सुभद्रा राई, रन्जनी राई, सम्वरबहादुर तामाङ, लक्ष्मी राई, अन्नत तामाङ, दीपा राई, उत्तम बिक, बिनिता राई, जितबहादुर राई, गौमाया बिक, पन्थीरानी राई, मणिकुमार राई, ऋषि राई, विशाल राई, राज राई, रामलाल राई, उमेश राई, श्रवण राई, खेमकुमार राई लगायत प्रवेश गरेका हुन् ।
नव प्रवेसी कार्यकर्ताहरूलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले फूलमाला अबिर लगाएर प्रवेश गराएका थिए ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया