अध्यक्ष अन्सारीद्वारा डिसीमा नेपालीहरूसंग भेटघाट

न्युयोर्क । अमेरिका भ्रमणमा रहेका मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले नेपाली र नेपालीहरूका संघ संस्थाहरूसँग भेटघाट तथा परामर्शहरू गरेका छन् ।

एन्टीयाको सम्मेलनमा भाग लिन अमेरिका आएका अध्यक्ष अन्सारी सोमबार वासिङटन डिसीमा आएका हुन् । उनले नेपालीहरूसँग भेटघाट गर्नुका साथै नेपालीहरूका समस्याका बारेमा कुराकानी गरेका छन् ।

वासिंटन डिसीमा रहँदा विभिन्न औपचारिक कार्यक्रमहरूमा पनि अन्सारी सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

अध्यक्ष अन्सार आगामी २२ तारिखमा स्वदेश फर्कने कार्यक्रम रहेको छ । अमेरिका प्रस्थान गर्नु अगाडि अध्यक्ष अन्सारीले प्रधानमन्त्री केपी ओलीसँग बालुवाटारमा भेटेर आफ्नो भ्रमणको उदेश्यका बारेमा जानकारी गराएका थिए ।

Published : Tuesday, 2019 November 19, 1:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया