धरानमा कांग्रेसले दियो कम्युनिस्टलाई सानो झट्का
धरान । धरान १७ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सहित विभिन्न पार्टी ३५ जना नेता तथा कार्यकताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसका मेयरका उम्मेदवार तिलक राईको सोमबारको घरदैलौ कार्यक्रमका अवसरमा शान्ति चोक टोल विकासका अध्यक्ष समेत रहेका माओवादीका पूर्व लडाकु सूर्यबहादुर तामाङ्गको नेतृत्वमा थुप्रै नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।
पूर्व माओवादी केन्द्रका धरान नगर सदस्य रहेका पूर्वमाओवादीका १७ नम्बर वडा इञ्चार्ज हाल नेकपा नगर सदस्य राजेश मोक्तानसहित नेकपाका मेनुका राई, संगीता तामाङ्ग, मीनकुमार श्रेष्ठ, काजी राई, टंक प्रधान, लक्ष्मीकुमार मोक्तान, धनबहादुर मगर, क्षेत्र गुरुङ, राजेश मगर, जीवन बिक, कुमार कालिकोटे जीवन रसाइली लगायत ३५ जना नेकपाका नेता तथा कार्यकर्ताहरू प्रवेश गरेको नेपाली कांग्रेस धरानका सचिव श्याम पोख्रेलले बताएका छन् ।
नवप्रवेशीलाई मेयरका उम्मेदवार तिलक राईले फूलमाला र अबिर लगाएर प्रवेश गराएका थिए ।
पार्टी प्रवेश पश्चात बोल्दै सूर्यबहादुर तामाङ्गले धरानको विकासका लागि तिलक राईको खाँचो रहेको बताए ।
उनले धरानमा गफ गर्ने कम्युनिष्टभन्दा काम गर्ने कांग्रेसको खाँचो रहेकाले कांग्रेसमा प्रवेश गरेको बताएका छन् ।
उनले माओवादीले पूर्वलडाकुको योगदानलाई पूर्ण रुपमा बेवास्ता गरेको र सुकुम्बासीलाई भोट बैंकको रुपमा लिएर कम्युनिष्टले धोका दिएको बताए ।
गरिब जनता सुकुम्बासीको पार्टीका नेता भन्ने अनि मत लिएपछि चिल्लो कारमा हिड्ने नेतालाई मत नदिन उनले आग्रह गरेका छन् ।
राजेश मोक्तान नेकपाले लडाकुको योगदान बिर्सिएपछि परिवर्तनका लागि कांग्रेसमा प्रवेशमा प्रवेश गरेको बताए ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया