मान्छे बटुलेर ओलीले भाषण गर्ने होइनः सुरेन्द्र पाण्डे

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका संसदीय दलका नेता एवम् केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले दुईतिहाइको बलियो कम्युनिस्ट सरकार सबै क्षेत्रमा असफल भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै पाण्डेले कम्युनिस्ट सरकार गठन भएको २१ महिना पूरा हुँदा समेत जनआकांक्षा अनुसार जान नसकेको बताए । उनले कम्युनिस्ट सरकारका महंगीका कारण जनतालाई जीवन चलाउन मुस्किल हुँदै गएको बताए ।

नेता पाण्डेले संविधान कार्यन्यन, आर्थिक विकास, विदेश नीति जस्ता विषयमा केपी ओलीको सरकार पूर्ण असफल भएको बताए ।

नेता पाण्डेले मूल्यबृद्धिले सीमा नाघिसकेको बताए । उनले सरकारलाई बारम्बार सजग गराउँदा पनि लोकतन्त्रप्रति विश्वास नगर्ने सरकार भएकाले प्रतिपक्षको आवाज नसुनेको बताए ।

उनले नेपाली कांग्रेसले सरकारलाई जनताको आवाज सुन्न बाध्य बनाउने बताए ।

प्रधानमन्त्री ओलीले बोलेर मात्रै समय बिताएको उनले बताए । ‘प्रधानमन्त्रीको पद भाषण गर्ने नभएर काम गर्ने हो’, कांग्रेसका नेता पाण्डेले भने, ‘बालुवाटारमा पत्रकार र कार्यकतालाई बोलाएर भाषण सुनाउनेभन्दा प्रधानमन्त्री एक्सानमा गएर मेडिकल, ठेकेदार कालो बजारी गर्नेलाई कारवाही गर्नुपर्छ ।’

‘सरकर गठन भएको २१ महनिा भयो । यो अवधिमा प्रधानमन्त्री पूर्णरुपले असफल हुनुभएको छ’, उनले भने, ‘संघीयता कार्यन्वयनमा असफल हुनुभयो । संविधानको भावना अनुसर अधिकार प्रत्यायोजन भएन ।’

उनले अहिले आएका प्रायः विधेयकहरू विवादित रहेको बताए । संविधान विपरित कानून बनाएर विधेयकमार्फत कस्न खोजिएको कांग्रेस नेता पाण्डेले बताएका छन् ।

पाण्डेले अर्थतन्त्र धरासायी हुँदै गएकाले सरकारले आन्तरिक रुपले कर्मचारीलाई तलव खुवाउन नसक्ने अवस्था आउने बताए ।

Published : Tuesday, 2019 November 19, 10:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया