भक्तपुरमा नेमकिपाका शक्तिशाली विद्यार्थी नेता कांग्रेस प्रवेश, मादललाई तनाब

सुडाल । नेपाली कांग्रेस उपनिर्वाचन मूल तयारी समिति प्रदेश सभा १ ‘क’ भक्तपुरले चाँगुनारायण नगरपालिका वडा नम्बर ८ सुडालमा सोमबार घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

घरदैलो कार्यक्रमकै क्रममा अधिकारी टोल र सुडालमा कोणसभा आयोजना गरिएको थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं माननीय पुष्पा भुसालको प्रमुख आतिथ्यतामा आयोजित कोणसभामा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेल, नेपाली कांग्रेसका युवा नेता मीकृष्ण महर्जन, अतिथी नेपाली कांग्रेसका जिल्ला सचिव निशान ढुंगेल, क्षेत्रीय सभापति जीवन खत्री, नेपाल तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष विनोदप्रकाश कायस्थ लगायत जिल्लाका पदाधिकारी, क्रियाशील सदस्यहरू, शुभेच्छुक तथा त्यस वडाका स्थानीय जनसमुदायको उपस्थिती रहेको थियो ।

प्रजातन्त्रका सेनानी तुलाबहादुर अधिकारीलाई सम्मान गरिएको उक्त कोणसभामा प्रमुख अतिथी पुष्पा भुसालले देशमा ब्याप्त रहेको महंगी, कर, बलात्कार, भ्रष्टाचार, अधिनायकवादबाट जनताहरू आजित भइसकेकोले जनताले परिवर्तन चाहेको बताइन् ।

दुई तिहाइको कम्युनिष्ट सरकारले समृद्धिको खोक्रो नारा दिएर जनतालाई भूलाइरहेको बताइन् । भत्केको पाटी कमल विनायक नगरकोट सडक खण्डको दुरावस्थाले नै चाँगुनारायण प्रदेशमा कम्युनिष्टहरूको विकासको प्रतिवद्धता आश्वासन मात्र देखिएकोले फेरि पनि जनताहरूलाई भ्रममा नपर्न सजग गराइन् ।

उनले कालापानी र लिपुलेकलाई समावेश गरेर भारतले आफ्नो नक्सामा समेट्दा पनि ओली सरकारले मन्त्रिपरिषदको बैठकबाट त्यसको जवाफको लागि निर्णय गर्न नसकेको बताइन् ।

कोणसभामा अतिथी रमा पौडेल, विनोदप्रकाश कायस्थ, मीनकृष्ण महर्जनले पनि आफ्नो मन्तब्य राख्दै नेपाली कांग्रेलाई जिताउनको लागि कुनै कसर बाँकी नराख्न कार्यकर्ता पंक्तिलाई अनुरोध गरेका थिए ।

सचिव जनक खत्रीका अनुसार सशस्त्र प्रहरीका पूर्व प्रहरी उपरीक्षक भीमसेन अधिकारी, नेपाल मजदुर किसान पार्टीको विद्यार्थी संगठनका उपत्यका पोलिट ब्यूरो सदस्य दिपेश दुलालसहित अन्य पार्टीहरू परित्याग गरी २० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नवप्रवेशीहरूलाई प्रमुख अतिथी भुषालले टीका र खादा ओढाएर स्वागत गरेकी थिइन् । नेमकिपाले मादल चुनाव चिन्हमा भाेट माग गरिरहेका बेला शक्तिशाली विद्यार्थी नेताहरू कांग्रेस प्रवेश गरेका हुन् ।

१. भीमसेन अधिकारी

२. दीपेश दुलाल

३. सकुल अधिकारी

४. अनिल खड्का

५. रामशरण अधिकारी

६. गंगाराम बुढाथोकी

७. रामकाजी बाँनिया

८. पूर्णबहादुर मानन्धर

९. प्रकाश बाँनिया

१०. मनीष तिमिल्सिना

११. धिरण खत्री

१२. राजु दुलाल

१३. कमल खत्री

१४. रामकृष्ण घोरसाइने

१५. बलराम अधिकारी

१६. रामशरण अधिकारी

१७ मनीष अधिकारी

१८. राम कुमार अधिकारी

१९. गोपाल अधिकारी

२०. कृष्ण अधिकारी

नेपाली कांग्रेस उपनिर्वाचन प्रदेश सभा १ ‘क’ भक्तपुरका उम्मेदवार कृष्णलाल भँडेलको ममतामयी माता सेतीदेवी भँडेलको मंसिर १ गते देहावसन भएकोले उम्मेदवार विनानै नेपाली कांग्रेसले घरदैलो कार्यक्रमलाई सोमबारबाट निरन्तरता दिएको कुरा निर्वाचन परिचालन समिति संयोजक एवं क्षेत्रीय सचिव उद्धव खड्काले बताए ।

संशोधित कार्यतालिका अनुसार कात्तिक २५ गते चाँगुनारायण नगरपालिका वडा नं १ बाट शुरु भएको घरदैलो कार्यक्रम मंसिर ३ गते ताथली, मंसिर ४ गते बागेश्वरी, मंसिर ६ गते भक्तपुर नगरपालिका वडा नं १० मा गएर सम्पन्न गरिनेछ भने मंसिर ११ गते विशाल आमसभा गरेर चुनावी प्रचार प्रसार सम्पन्न गरीने जानकारी पनि उनले दिएका छन् ।

Published : Tuesday, 2019 November 19, 6:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया