कम्युनिस्टलाई ठीक ठाउँमा ल्याउन कांग्रेसलाई जिताउनुस्ः पौडेल

फिदिम । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सीमा विवाद समाधानका लागि कम्युनिस्ट सरकारले पहल गर्न नसकेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस पाँचथरको फाल्गुनन्द–१ स्थित नवमीडाँडामा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले सरकाले राष्ट्रवादको नारा दिएपनि त्योअनुसार काम गर्न नसकेको बताए ।

‘कूटनीतिक र वार्ताको माध्यमद्वारा सरकारले तत्काल सीमा विवाद समाधान गर्नुपर्छ’, पौडेलले भने, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि हो ।’

नेता पौडेलले उपनिर्वाचनमा लोकतन्त्रलाई बचाउन पनि नेपाली कांग्रेसलाई विजय गराउन आम मतदातालाई आग्रह गरेका छन् ।

उनले अहिले फाल्गुनन्दमा हुने उपनिर्वाचनमा नेकपाका मन्त्री तथा सांसदहरूले नै आचारसंहिता उल्लंघन गर्ने किसिमका कार्यक्रम गरिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपाली कांग्रेससको अनुशासन समितिका संयोजक भीष्मराज आङ्देम्बेले उपनिर्वाचनमा उम्मेदवारलाई विजयी गराउन पार्टीका सबै तहका नेता कार्यकर्तालाई कटिबद्ध भएर लाग्न आग्रह गरेका छन् ।

कांग्रेसका नेताहरू धनराज गुरुङ, रामहरि खतिवडा, बद्री पाण्डे, गुरुराज घिमिरेलगायतका नेताले लोकतान्त्रिक मूल्य मान्यताको प्रवर्द्धनका लागि कांग्रेसलाई विजयी गराउनुपर्नेमा जोड दिएका छन् ।

Published : Saturday, 2019 November 16, 10:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया