कास्कीमा कम्युनिस्ट मतदाताको मन जित्दै कांग्रेसका पौडेल
पोखरा । कास्की क्षेत्र नं. २ का नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले आफ्नो प्रतिस्पर्धा विद्या भट्टराईसँग नभइ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग भएको बताएका छन् ।
बुधबार बिहानैदेखि पोखरा छोरेपाटनका मतदातासँगको भेटघाटमा सक्रिय पौडेलले यस्तो बताएका हुन् ।
उम्मेदवार पौडेलले भने, ‘मेरो चुनावी प्रतिस्पर्धा विद्यासँग होइन, नेपाल कम्युनिस्ट पार्टीसँग मात्र हो ।’
उम्मेदवार पौडेलले आफूले ६० वर्षको राजनीतिक यात्रामा अहिलेसम्म कसैमाथि केही अन्याय नगरेको बताएका छन् । ‘अब पनि जनतामाथि कत्ति पनि अन्याय हुने काम गर्न मेरो स्वाभिमानले दिंदैन’, उनले भनेका छन् ।
चुनावी अभियान सशक्त ढंगले अघि बढको भन्दै उम्मेदवार पौडेलले यो चुनावमा सिँगो नेपाली कांग्रेस केन्द्रदेखि जिल्ला हुँदा तल्ला कमिटी एकढिक्का भएको भन्दै खुशी व्यक्त गरेका छन् ।
‘पार्टीका नेता कार्यकर्ताको उत्साहले मलाई नै उर्जा थपेको छ, ममाथि मेरा विद्यार्थी, मेरा समकक्षी लगायत सबैको सहानुभूति र माया छ’, उनले भनेका छन् ।
आफ्नो उम्मेदवारीले पार्टीमा, जनतामा र अन्य दलहरूमा पनि सकारात्मक सन्देश प्रवाह भएको उनले बताए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र उक्त पार्टीद्वारा सञ्चालित सरकार जुन ढंगले बढ्नुपर्ने हो, जनताको मर्म र भावना अनुसार अघि बढ्न नसकेको उनले बताए ।
उनले भने, ‘सरकारले जनताको घरघरमा ग्यास पाइप, रेल, पानी जहाज जस्ता हावादारी कुरा गरेर अघि बढ्दा जनतामा निराशा छाएको छ, जनताले कम्युनिष्ट सरकारको रवैया बुझिसकेका छन्, त्यसैले यो पार्टीको विकल्प खोजिरहेका छन्’, उनले भने नेपाली कांग्रेसको पनि यो सरकारले राम्रोसँग काम गरोस्, संविधानको मर्म र जनताको भावना कदर गर्दै अघि बढोस् भन्ने नै छ तर सरकार उल्टो बाटोमा हिंडिरहेको छ ।’
नेकपाप्रति सामाजिक, राजनीतिक र प्रशासनिक लगायत कुनै पनि क्षेत्रमा सन्तुष्ट हुने ठाउँ नभएको उम्मेदवार खेमराजले बताए ।
उनले राजनीतिक लगाव, इमान्दारिता, आस्था, संस्कार र संस्कृति बुझेर मत दिन आग्रह गरेका छन् ।
उम्मेदवार खेमराजले आफूले पद प्राप्तिका लागि भन्दा पनि जनताको सेवा गर्नकै लागि चसनावमा होमिएको बताए ।
‘पार्टीले दिएको जिम्मेवारी र जनताको आशा भरोषालाई कत्ति पनि तलमाथि हुन दिन्न’, उनले भने ।
कांग्रेस वडासभापति देवराज आचार्यले खेमराज पौडेलले चुनाव नजित्ने कुनै कारण नभएको बताए ।
उनले भने, ‘मातदाता उत्साहित छन्, पार्टीका सबै संयन्त्र सक्रिय छ, सबै मतदाता भेटेर समस्या बुझ्ने र पार्टीको आफ्नो धारणा राखेका छौं ।’
उनले उम्मेदवार खेमराजको व्यक्तिगत इमान्दारिता, पार्टीगत निष्ठा र त्यागका साथै धर्म, संस्कार र संस्कृति संरक्षणमा खेलेको भूमिका नै चुनाव जित्ने आधार भएको बताए ।
‘खेमराजको व्यक्तिगत इमान्दारिताले नै चुनाव जित्न काफी छ भने पार्टीप्रति जनताको विश्वासले झनै बलियो बनाएको छ’, उनले भने ।
पोखरा–१७ मा घरदैलोका क्रममा मतदाताले उम्मेदवार खेमराज पौडेललाई टीका नै लगाइदिएर आशीर्वाद दिएका छन् ।
‘यो चुनाव जसरी पनि जित्नू, धर्म, संस्कार र संस्कृति कुल्चनेलाई परास्त गर्नु’, खमेराजलाई टीका लगाइदिएर एक वृद्धाले दिएको आशीर्वाद दिएका छन् ।
मतदाताको घरघरमा पुगेका उम्मेदवार पौडेललाई यस्तै सहानुभूतिको ओइरो लागेको छ ।
उनले पढाएका कति चेलाहरू खुट्टा समात्न, समकक्षीहरू अंकमाल गर्न आइपुग्दा खेमराज निकै उत्साहित देखिन्छन् ।
नेकपाका नेता एवं पूर्वमन्त्री खगराज अधिकारी, नेता रामजी बराल जीवन पनि उम्मेदवार खेमराजका चेलाहरू हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया