भारतविरुद्ध दाङमा नेविसंघकाे भव्य प्रदर्शन
तुलसीपुर । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ दाङले भारतको ज्यादतीविरुद्ध दाङको तुलसीपुरमा विरोध प्रदर्शन गरेको छ ।
नेविसंघले बुधबार बिहान तुलसीपुरमा भारतविरुद्ध प्रदर्शन गरेको हो । एकतर्फी रुपमा भारतले नेपाली भू–भाग आफ्नो नक्सामा समावेश गरेको विरोधमा नेविसंघको नेतृत्वमा विरोध प्रदर्शन भएको छ ।
ब्यानर र विभिन्न प्लेकार्ड बोकेर पर्दशनमा सहभागी सयौं विद्यार्थीले भारतको अतिक्रमणका विरुद्ध चर्का नारावाजी गरेका थिए ।
‘सीमा मिच्न पाइँदैन, यस्ता छिमेकी चाइँदैन, लिम्पियाधुरा, कालापानी, लिपुलेक हाम्रो हो’ जस्ता नाराबाजी विद्यार्थीले लगाएका थिए ।
तुलसीपुर क्षेत्रमा रहेका माविहरू ग्रेट अरनिको, राप्ती बबई क्याम्पस, ज्ञानज्योति, गोरखा मावि लगायतबाट सयौँ विद्यार्थी प्रदर्शनमा आएका थिए ।
तुलसीपुरको वीपी चोकमा आयोजित सभालाई सम्वोधन गर्ने वक्ताहरूले नेपाली भूमि समावेश गरिएको भारतको नयाँ नक्साको विरुद्ध सरकारले तत्काल कदम चाल्नुपर्ने भन्दै सचेत तुल्याएका छन् ।
उनीहरूले भारतलाई तत्काल नक्सा सच्याउन माग पनि गरेका छन् ।
नेपाल विद्यार्थी संघ दाङका कार्यबहाक अध्यक्ष टोपबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा नेविसंघ दाङका सदस्य सुवास डिसी, घनश्याम भण्डारी, राप्ती बबई क्याम्पस तुलसीपुरका स्ववियु सभापति अनिल कार्की, क्याम्पसका ईकाइ सभापति बसन्त बस्नेत, नेविसघं तुलसीपुर उपमहानगरकाका सयोजंक राजिव पाण्डे, विद्यार्थी नेता जितेन्द्रप्रकाश वली, नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष मुक्तिप्रसाद न्यौपाने लगायतले राष्ट्र र राष्ट्रियता संरक्षण गर्न सबै सेचत नागरिक एक हुनुपर्ने बताएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया