कम्युनिस्टको गढ खोटाङमा कांग्रेसले झण्डा गाढ्दै, ऐसेलुखर्कमा बने कार्यसमितिहरू (तस्वीर)

ऐसेलुखर्क । कम्युनिस्टहरूको गढका रुपमा चिनिएको खोटाङ जिल्लामा नेपाली कांग्रेसले क्रमशः आफ्नो संगठनलाई बढाउँदै लगेको छ ।

कम्युनिस्टहरूको एकाधिकारलाई चिर्दै आएको नेपाली कांग्रेसले आफूलाई बलियो रुपमा प्रस्तुत गर्न थालेको छ । खोटाङ जिल्लाका अधिकांश गाउँपालिका र नगरपालिकाहरूमा कांग्रेसले संगठन बनाइरहेको छ ।

खोटाङ जिल्लामा नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनमा पराजय भोगेको थियो । यो जिल्लालाई कम्युनिस्टहरूले आफ्नो गढका रुपमा मान्दै आएका छन् ।

तर, अब खोटाङ जिल्ला कम्युनिस्टको गढ रहनेछैन । नेपाली कांग्रेसका स्थानीय नेताहरू गाउँगाउँमा पुगेर पार्टीको संगठन बनाइरहेका छन् ।

स–साना भेला र बैठकहरू गरिरहेका नेपाली कांग्रेसका युवा नेता भुपेन्द्र राईले बताएका छन् । राईले भने, ‘हामी संगठित हुँदै छौँ । कांग्रेसलाई बलियो बनाउने अभियान जारी छ ।’

यसै क्रममा नेपाली कांग्रेस खोटाङले ऐसेलुखर्क गाउँपालिकाको दुई वटा वडामा वर्डा कार्यसमिति गठन गरेको छ । वडा नम्बर ५ र वडा नम्बर ६ मा गाउँ ईकाइ समितिको सभापति समेत तोकिएको छ ।

ऐसेलुखर्क गाउँपालिकाको वडा समिति निर्माण गर्ने क्रममा वडा नम्बर ५ महेश्वरीमा दीपक राईलाई सभापति बनाइएको छ ।

वडा नम्बर ६ ज्यामिरेमा बलराम राईको सभापतित्वमा वडा कार्यसमितिको गठन गरिएको खोटाङ कांग्रेसले जनाएको छ ।

बोलीको ठेगान नभएका कम्युनिस्टहरूको झुठा आश्वासनबाट आजित बनेका स्थानीयहरूले धमाधम नेपाली कांग्रेसलाई साथ दिन थालेको जनाइएको छ ।

Published : Wednesday, 2019 November 13, 9:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया