पतिको ज्यान बचाइदिन पर्वतकी दिलकुमारीले गरिन् अपील

काठमाडौं । पर्वत जिल्ला निवासी देवेन्द्रकुमार थापालाई स्वास्थ्य उपचारमा समस्या परेको छ ।

आर्थिक अवस्था कमजोर भएका कारण थापाको उपचारमा समस्या भएपछि परिवार तनावमा परेको छ ।

दुई वर्ष अगाडि कतारमा रोजगारीमा गएका बेला ३५ वर्षीय थापा काम गर्ने भवनबाट खसेर घाइते भएका थिए । उनको हातखुट्टा भाँच्चिएका छन् । टाउकोमा गम्भीर चोट लागेको छ ।

घाइते भएका थापालाई काठमाडौं ल्याएर उपचार गरिएको छ । उनको काठमाडौंको बसुन्धारास्थित ग्रिनसीटी अस्पतालमा उपचार भइरहेको छ ।

पर्वत जिल्लाको पैँयु गाउँपालिका–३ बेउलीवासका उनी एकवर्ष यता कोमामा छन् । उनको घरको आर्थिक अवस्था अत्यन्तै कमजोर छ ।

थापाकी पत्नी दिलकुमारी थापाले पतिको उपचारका लागि आर्थिक सहयोगको अपील गरेकी छिन् । ‘घरबाट पैसा ल्याएर उपचार गर्ने अवस्था छैन’, उनले भनिन्, ‘कसैले थोरै भएपनि सहयोग गर्‍यो भने उपचारमा मद्धत मिल्ने थियो । उहाँको ज्यान बाँच्ने थियो ।’

अस्पतालमा थापालाई बेहोसी अस्वस्थामा राखेर उपचार भइरहेको छ । थापाले कसैलाई पनि चिन्दैनन् ।

थापाको उपचारको सहयोगका लागि दिलकुमारी थापाको नाममा कृषि विकास बैंकमा रहेको खाता नम्बर ०३१८५००९३६०१७०१२ र भाई यामबहादुर थापाको नाममा सिद्धार्थ बैंकमा रहको खाता नम्बर ०१६१५४५३५३८ सहयोगका लागि अपील गरिएको छ ।

Published : Saturday, 2019 November 9, 5:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया