बागलुङमा कांग्रेस उत्साहित, कम्युनिस्टबाट आजित बनेका मतदाताले रुखमा भोट हाल्ने
बागलुङ । नेपाली कांग्रेसको तर्फबाट जित शेरचनले बागलुङ क्षेत्र नम्बर २ ‘ख’मा मनोनयन दर्ता गराएका छन् ।
नेपाली कांग्रेसका युवा नेता शेरचनले प्रदेश सभाको उपनिर्वाचनका लागि बिहीबार मनोनयन दर्ता गराएका हुन् । चारतारे झण्डा, नारावाजी र दलबलसहित पुगेका शेरचनले मनोनयन दर्ता गराएका हुन् ।
नेपाली कांग्रेसका नेता तथा कार्यकर्तासहित निर्वाचन कार्यालय पुगेका शेरचनले मनोनयन दर्ता गराएको बागलुङ कांग्रेसले जनाएको छ ।
मनोनयन दर्ता गराएपछि पत्रकारहरूसँग कुरा गर्दै शेरचनले भने, ‘नेपाली कांग्रेसले जित्नेछ । मतदाताहरूले रुखमा मतदान गर्नुहुनेछ । मेरो अपील पनि छ ।’
उनले कम्युनिस्टहरूबाट आजित बनेका जनताले पाठ सिकाउन पनि नेपाली कांग्रेसका उम्मेदवारलाई मतदान गरेर विजयी बनाउने बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया