नेविसंघद्वारा भारतविरुद्ध काठमाडाैंमा प्रदर्शन
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकोमा विरोध गर्दै प्रदर्शन गरेको छ ।
नेविसंघले नयाँदिल्लीले भर्खरै जारी गरेको नक्सामा नेपाली भू–भाग कालापानी र लिपुलेकलाई भारतको नक्सामा समावेश गरेको भन्दै विरोध गरेको हो ।
नेविसंघले बिहीबार त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ ।
नेविसंघका नेता दीपक भट्टराईले भारत सरकारले मिचेको नक्साप्रति नेपाल सरकारले कूटनीतिक तवरले समस्याको समाधान गर्नुपर्ने बताएका छन् ।
नेविसंघ त्रिचन्द्र क्याम्पसका नेता सान शिवाकोटीले भारत सरकारले नेपाली भूमिमाथि अतिक्रमण गरेर नेपाल–भारत सम्बन्धलाई बिथोल्न खोजेको आरोप लगाए ।
विद्यार्थीले नेपाललाई पानीजहाज र रेलभन्दा पनि लिपुलेक र कालापानी आवश्यक रहेको बताएका थिए ।
नेविसंघका निवर्तमान सहमहामन्त्री ललिता सुनुवार, निवर्तमान केन्द्रीय सदस्य कल्पना खड्कालगायत त्रिचन्द्रका विद्यार्थीको सहभागिता थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया