मान्छेको ‘काल’ बन्यो सगरमाथा सिमेन्ट, एकहप्ताभित्र दुईको मृत्यु
घोराही । घोराही उपमहानगरपालिका वडा नं. ३ गोग्लीमा रहेको सगरमाथा सिमेन्ट फ्याक्ट्रीमा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।
बुधबार अपरान्ह साढे चार बजे फ्याक्ट्रीमा काम गर्ने दुई जना मजदुर फ्याक्ट्रीको छतबाट खसेर घाइते भएका हुन् । घाइतेमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा भारतको उडिसा घर भई सगरमाथा सिमेन्ट फ्याट्रीका काम गर्ने वर्ष २७ का अभय नायक रहेका छन् ।
उनको उपचारका क्रममा बुधबार राति साढे ८ बजे मेडिकल कलेज कोहलपुर बाँकेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङको विज्ञप्तिमा उल्लेख छ । नायको शव मेडिकल कलेज कोहलपुरको शव गृहमा रहेको छ ।
अर्का घाइते भारत उडिसा घर भई सोही फ्याट्रीका काम गर्ने वर्ष ३५ को मानप वारिकको बायाँ आखाको माथिल्लो भागमा चोट लागेको छ । उनको अबस्था सिरियस रहेको छ ।
फ्याट्रीको छतबाट खसेर घाइते उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचार पश्चात कोहलपुर मेडिकल कलेज बाँकेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसअघि, कात्तिक १६ गते साँझ साढे छ बजे फ्याक्ट्रीमा काम गर्ने भारत उत्तर प्रदेशका वर्ष ४५ का रमेशकुमार पटेल घाइते भएका थिए । उनको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।
कारखानाको निर्माणाधीन भवनको फर्मा बनाउने क्रममा पटेल खसेका थिए । उनको टाउकोमा चोट लागेको थियो ।
घाइते भई उपचारका लागि मेडिकल कलेज कोहलपुरमा पठाइएकोमा उपचारको क्रममा कात्तिक १६ गते राति साढे दश बजे पटेलको मृत्यु भएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया